काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।
अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनेसम्बन्धी प्रस्ताव संसदमा दर्ता गरेको दोस्रो दिनबाटै थापाविरुद्ध भ्रष्टाचारको प्रमाण जुटाउन त्रिचन्द्र क्याम्पसबाट फाइल खोजी सुरु गरिएको स्रोतले जनाएको छ ।
२०५६ सालमा थापा त्रिचन्द्र क्याम्पसका सभापति रहेका बेला उनको कार्यकालमा बास्केटबल कोर्ट बनाउने नाममा स्ववियूले लाखौं हिनामिना गरेको आरोप लाग्दै आएको छ । सोही अनियमितताको आशंकामा अख्तियारले उनी सभापति रहेका बेलाका पूराना फाइलहरुको बारेमा क्याम्पसमा चाँसो र खोजीनीति थालेको हो
लोकमानलाई महाअभियोग लगाउनेसहित विभिन्न माग राख्दै अनसनरत डा गोविन्द केसीलाई समर्थन गर्दै उनको मागलाई संसदमा प्रवेश गराउन खोजेका थापालाई अप्ठ्यारोमा पार्ने रणनीतिमा अख्तियार लागेको आशंका समेत गरिएको छ ।
यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कृष्णहरि पुष्करले प्रतिक्रिया लिदा केही बोल्न मानेनन् ।दैनिक नेपालबाट



एक टिप्पणी भेजें