नेपालमा तत्कालै अर्को शक्तिशाली महाभूकम्पको खतरा, सावधान रहन विज्ञको चेतावनी....... हेर्नुहोस
मध्य नेपालको गोरखामा केन्द्रविन्दु बनाएको गत वैशाखको महाभूकम्प तथा त्यसपछिका पराकम्पनबाट थिलथिलो भएको नेपालमा अर्को विानशारी भूकम्पको खतरा बढेको अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
नेचर जियोसाइन्स तथासाइन्स जर्नलमा छापिएको अनुसन्धान प्रतिवेदन अनुसार पश्चिम नेपाल तथा भारतमा भविष्यमा विनाशकारी भूकम्प जाने खतरा रहेको छ ।
अनुसन्धान प्रतिवेदन अनुसार गत वैशाखको भूकम्पले जमिन मुनिको सबै उर्जा उत्सर्जन भएको र त्यो उर्जा पश्चिमतर्फ धकेलिएकोले अब पश्चिम नेपाल तथा भारतमा भूकम्प जाने खतरा बढेको हो ।
तर, भूकम्प कहिले र कति रेक्टरको जान्छ भनेर भन्न सकिँदैन । त्यसैले अात्तिन नहुने तर, त्यस क्षेत्रको विस्तृत अनुगमन तथा अध्ययन आवश्यक रहेको वैज्ञानिकहरुको भनाइ छ ।
क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक जिन फिलिप एभक भन्छन्, ‘यो क्षेत्र भनेकेा यस्तो हो जहाँ बढी ध्यान दिनु आवश्यक छ । यदि अहिले त्यहाँ भूकम्प गयो भने ठूलो विपत्ति आउनेछ किनकी पश्चिम नेपाल तथा उत्तरी भारतको गंगेटिक प्लेनमा जनघनत्व उच्च रहेको छ ।’
गत वैशाखको भूकम्प भौगर्भिक ठोक्काइ क्षेत्रमा भएको थियो, इण्डियन र युरेसियन टेक्टोनिक प्लेटको कोलिजन जोन मा । भारतीय प्लेट युरेसियन प्लेटभित्र वर्षेनी २ सेन्टिमिटरको दरले घुसिरहेको छ ।
eurasian_plate
टेक्टोनिक प्लेटकै घर्षणले राजधानी काठमाण्डौ नजिकै पर्ने मुख्य हिमालयन थ्रस्ट फल्ट क्षेत्रमा दशकौँसम्म उर्जा संचित हुन्छ । यो क्षेत्रमा दुइ प्लेटबीचको सीमारेखा घश्रणका लागि अचल तथा बन्द हुन्छ जसबाट केवल ठूलो भूकम्पका बेला मात्र ठूलो उर्जा बाहिर निस्कन्छ ।
वैशाख १२ को भूकम्पले त्यो संचित उर्जा पूरै बाहिर निकाल्न नसकेको र केही भाग मात्र उर्जा निस्किएको ठहर वैज्ञानिकहरुको छ ।
फल्ट क्षेत्रमा पूरै उर्जा निस्किएर अझै बढी धाँजा फाटेको भए वैशाख १२ को भूकम्प अझै भयानक हुने भन्दै प्राध्यापक एभोकले त्यसबेला सबै उर्जा बाहिर निस्किएन र त्यो स्ट्रेस पश्चिम तर्फ सर्यो । अहिले नेपालको पोखरादेखि पश्चिम तथा भारतको दिल्लीदेखि उत्तरसम्मको भागमा यस्तो उर्जा संचित रहेको उनको भनाइ छ ।
भूकम्प कहिले जान्छ भन्ने कुराको ठ्याक्कै मिति एकिन गर्न नसकिने भएपनि उक्त क्षेत्रको थप अनुगमन गर्नु आवश्यक रहेको शोधकर्ताहरुको भनाइ छ
यो क्षेत्रमा सन् १५०५ यता ठूलो भूकम्प गएको छैन र अब जाने भूकम्प ८.५ म्याग्नेच्युड भन्दा ठूलो हुने अनुमान शोधकर्ताको छ । गोरखा भूकम्पबाट पश्चिम सरेको उर्जा उक्त क्षेत्रमा ५ सय वर्षसम्म संचित उर्जामा मिसिएर त्यस क्षेत्रमा निकै बढी उर्जा जम्मा हुन पुगेको हुँदा उक्त उर्जा बाहिर निस्किनका लागि ठूलो भूकम्पको आवश्यकता पर्नेछ ।
प्राध्यापक एभकले आफूहरु पश्चिम नेपालको बारेमा सबैभन्दा बढी चिन्तित रहेको बताएका छन् । भूकम्प कहिले जान्छ भन्ने कुराको ठ्याक्कै मिति एकिन गर्न नसकिने भएपनि उक्त क्षेत्रको थप अनुगमन गर्नु आवश्यक रहेको शोधकर्ताहरुको भनाइ छ ।
प्राध्यापक एभक आफूहरुले मानिसहरुलाई तर्साउन नचाहेको भएपनि मानिसहरु आफू जोखिमयुक्त तथा धेरै भौगर्भिक उर्जा संचित भएको क्षेत्रमाथि बसिरहेको भन्ने विषयमा सचेत हुनु आवश्यक रहेको बताए ।
धेरै नेपालीले सुरक्षाका उपाय नअपनाइकन घर निर्माण गरिरहेको भन्दै उनले ठूला भूकम्प थेग्नसक्ने खालका घर बनाउनु आवश्यक रहेको उनको भनाइ छ ।
नेपालमा गत वैशाखको भुकम्पको म्याग्नेच्युड बढि भएपनि भूमिगत तरंगहरुको प्रवाह तथा आवृत्ति अपेक्षा गरिएभन्दा कम भएको र जमिन बढि शान्तसँग कम्पन भएको जिपिएस स्टेसनका तथ्यांकहरुले देखाएका छन् । सोही कारण पनि वैशाखको भुकम्पबाट अपेक्षाकृत क्षति नभएको वैज्ञानिकहरुको भनाइ छ ।
काठमाण्डौको नजिक ७.८ रेक्टर स्केलको भुकम्प गएको सुन्दा आफुले ३ देखि ४ लाख सम्म मानिस मर्नसक्ने अनुमान गरेको भन्दै भुकम्प धक्काको चरित्र तथा बढि शान्त कम्पनकै कारण क्षति कम भएको प्राध्यापक एभक बताउँछन् ।-बीबीसी
Loading...
लेबल:
Amazing
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें