Latest Updates :

श्रावण १ गते देखी म:म: खान नपाईने !! आखिर किन यस्तो गर्‍यो नगरपालिकाले ? ... हेर्नुहोस मुख्य कारण यस्तो छ....

SHARE THIS POST :
साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन नपाइने भएको छ। काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकाको बैठकले साउन १ गतेदेखि उपत्यकामा राँगाभैँसी भित्र्याउन रोक लगाउने निर्णय गरेको हो ।

राँगाभैँसी काट्दा निस्कने फोहर बढी र त्यसले उपत्यकामा दुर्गन्धित बनाएको भन्दै ३ वटै जिल्लाका नगरपालिकाले यस्तो रोक लगाउने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाका प्रशासनिक तथा सांगठनिक विभाग प्रमुख तथा प्रवक्ता ज्ञानेन्द्र कार्कीले उपत्यकाका जनताले स्वस्थ्कर मासु खान नपाएका  तथा अब्यव्स्थित बधका कारण फाेहर पन ज्यादै बढेका कारण रोक लगाउन प्रयास थालिएको बताए।

बाहिरबाट मासु ल्याउनु पर्ने भएपछि साना वफ मःम पसलेहरू मर्कामा पर्ने भएका छन् । एकैचाेटी धेरै मासु खपत नहुने हुँदा हामी धेरै किन्न सक्दैनाै । धेरै किनेमा बिग्रने डर हुन्छ । एक वफ मःम पसलेका अनुसार यस्ता नियम कार्यन्वयनमा अायाे भने मःम पसल नै छाेड्नु पर्ने सम्भावना बढेकाे हाे ।

उनका अनुसार उपत्यकामा रागाँभैसी काट्दा फोहर पनि धेरै थुप्रिने गरेको छ। महानगरपालिकाका जनस्वास्थ्य महाशाखाका प्रमुख हरि कुमार श्रेष्ठले आगामी आर्थिक वर्षदेखि रागाँभैसी उपत्यकामा भित्र्याउन लागिएको बताए ।

उनले त्यसको लागि उपत्यकाबाहिर पुर्वाधारहरु भने बनिसकेको बताए। उपत्यकामा नदी किनारमा अव्यवस्थित बधशालाले नदीहरुमा पनि फोहोर गरिरहेको उनले बताए। जसले मानव स्वास्थ्थमा पनि हानी पुर्‍याइ रहेको उनले बताए। महानगरपालिकाका अनुसार जिउँदो औसत ३ सय किलोको राँगा र भैंसीबाट करिव १ सयदेखि १ सय ५० किलो मासु उत्पादन हुन्छ ।

दैनिक ७ सय वटा राँगाभैंसी काट्दा ८७ हजार ५ सय किलो फोहोर निस्कने गरेको अनुमान महाशाखाको छ। उपत्यका बाहिर वधशालामा निर्माण गरेर मासु मात्र भित्र्याउने पहल स्वरुप नयाँ नियम लगाइएको महानगरपालिकाले जनाएको छ। यी वधशालाहरूमा दैनिक २ सय राँगाभैंसी काट्न  सक्ने क्षमता भएकाे पनि बताइएकाे छ ।

उपत्यकामा दैनिक राँगाभैँसी ७ सय भित्रने महानगरपालिकाले जनाएको छ।  उपत्यकामा जिउँदो राँगाभैँसी भित्र्याउने निर्णय राम्रो भएपनि सरकारले यसको लागि आवश्यक पुर्वाधार तयार नगरेको भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।

स्रोत : न्यूज कोसेली
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger