ड्यालस (अमेरिका)- अमेरिकामा एक नेपालीको शुक्रबार मोटर दुर्घटनामा निधन भएको छ ।
नेपालको गोर्खा जिल्ला घर भई हाल अमेरिकाको मिजौरी राज्यको कोलम्बिया शहरमा बस्दै आएका ३३ वर्षिय किरण लामिछानेको शुक्रबार सवारी दुर्घटनामा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार कार्यालयबाट साथिहरुसंग दिउँसोको खाना खाएर गाडी पार्किङ गरिएको स्थानमा निस्कँदै गर्दा कारले ठक्कर दिँदा उनको निधन भएको हो ।
स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाई हुन् । लामो समय टेक्सस बसेर अध्ययन गरेका ३३ बर्षिय किरण केही महिना अघिमात्र रोजगारीको सिलसिलामा उक्त राज्य पुगेका थिए । उनले वातावरण विज्ञानमा पिएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पुरा गरेका थिए । उनको शव पोष्टमार्टमको लागि स्थानीय हस्पिटलमा राखिएको छ I
नेपालमा छँदा बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका लामिछाने अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत थिए । उनका पत्नी, पाँच वर्षिया छोरा छन् ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें