के तपाईको श्रीमती माईत जानुभएको छ । यात त तपाईं श्रीमान छाडेर माईत जाँदै हुनुहुन्छ । यदी त्यो हो भने, श्रीमती माईत गएकाबेला तपाई के गर्नुहुन्छ ? कतै तपाईंंकी श्रीमती माईत गएकाबेला तपाईंले गरेको गलत कामले तपाईंहरुको सम्बन्ध बिग्रेको त छैन ? यदि त्यसो हो भने ख्याल गर्नुस् है । तपाईंको वैवाहीक सम्बन्धले तपाईंको जीवनमा धेरै अर्थ राखेको हुन्छ ।
त्यसैले श्रीमती माईत गएकाबेला तपाईले आफ्नो सम्बन्ध सुमधुर बनाईराख्नका लागि के नगर्ने त ? यही विषयमा आज हामी तपाईंलाई केही टिप्स दिँदै छौँ । यसले तपाईको जीवनमा सकारात्मक प्रभाव पार्नेछ भन्ने आशा छ । १. पर–स्त्रीसँग नलाग्नेः यदि तपाईंको श्रीमती माइत जानुभएको छ भने तपाई पर–स्त्रीसँग नलाग्नुहोस् । यसले तपाईको सम्बन्धमा नकारात्मक असर पार्न सक्छ ।
यसरी तपाई पर–स्त्रीसँग लाग्दा तपाईंको त्यतैप्रति ध्यान जानसक्छ । अनि तपाईंकी श्रीमती माईतबाट आएपछि पनि तपाईंलाई श्रीमतीप्रति पहिलेकोभन्दा कम आकर्षण हुनसक्छ । त्यसैले यसतर्फ तपाईको ध्यान जानु आवश्यक छ । २. ढीला घर नआउनेः श्रीमती नभएको मौका यही हो भनि तपाईं ढीला घर नआउनुहोस् । यदि घरमा परिवार हुनुहुन्छ भने पहिलेभन्दा छिटै घर आउनुहोस् ।
उनीहरुलाई हेरचाह र सहयोग गर्नुहोस् । कोही छैन भने पनि यताउता बरालिएर नहिड्नुहोस् । जुनपछि तपाईंको बानि बन्न सक्छ । आज त श्रीमती छैन किन घर जानु या जतिबेला गएपनि भयो, भन्ने नसोच्नुहोस् । यदि तपाईंलाई यस्तो बानि बस्यो भने त्यसलेपछि पनि नकारात्मक असर पार्न सक्छ ।
३. अरुसँग धेरै समय नबिताउनेः तपाईलाई एक्लो महसुस हुन सक्छ त्यस बखत । तर, एक्लै भए भन्दैमा बाहिर गएर साथीभाई सँग समय धेरै नबिताउँदा नै राम्रो हुन्छ । एक्लो महसुस भए टी।भि। हेर्ने, कुनै किताब पढ्ने, गेम खेल्ने, पुराना फोटाहरु हेर्ने जस्ता कुराहरु गर्नु पर्छ । यसो गर्दा श्रीमती आएपछि तपाईंको माया छन् बढेर जान्छ र एक्लोपनि हटेको महसुस हुन्छ । श्रीमतीलाई पनि तिमी नभएकाबेला साथीसँग रमाइलो गरे भन्दा यसरी दिनहरु बिताएभन्दा खुसी लाग्नेछ ।
४. श्रीमतीलाई सम्पर्क गर्नेः श्रीमती माईत गएकाबेला उहाँ घरपरिवारका सदस्यसँग व्यस्त हुन सक्नुहुन्छ । उहाँसँग तपाईंलाई फोन गर्ने समय पनि नमिलन सक्छ । तर तपाईंले गरेपछि फोन नउठाउने त कुरै हुँदैन । त्यसैले उसले सम्पर्क गर्नुपर्छ भन्ने मानसिकताबाट हटेर मैले गर्दा अझ राम्रो भन्ने भावना राख्नुपर्छ । समय मिले च्याट गर्ने या म्यासेज गरिरहनु पर्छ । यसले तपाईको सम्बन्धलार्इ साच्चि मधुर र सदा राम्रो बनाउन सहयोग गर्नेछ । ५. आजै हो भन्ने नसोच्नेः कतिपयले भन्ने गरेको सुनिन्छ, ‘बल्ल माईत गई’, ‘कहिले माईत जाली र मैले मोज, मस्ती गर्न पाउँला’ यस्ता भावना राख्नु गलत हो ।
तपाई उहाँसँग सयौँ जुनी जिउने कसम खाएर वैवाहीक जीवनमा बाँधिनुभएको छ । त्यसैले सम्बन्ध राम्रो बनाउनु तपाईको महत्वपूर्ण भूमिका हुने गर्छ । यस समयमा तपाईले आफ्नो सम्बन्ध विग्रने खालका त्यस्ता कुनै पनि गलत काम गर्नु हुँदैन । दुवैको भविष्य र परिवारलाई हरपल सम्झनु पर्छ । आजै त हो भनेर आज गरेको कुनै कामले भोली तपाईको सम्बन्ध विग्रने अवस्था आउनु हुँदैन ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें