Latest Updates :

सहमति हुन सकेन, संसद बैठक शुक्रबार एक बजेसम्म स्थगित....हेर्नुहोस्

SHARE THIS POST :


काठमाडौँ: प्रमुख दलका नेताको शीर्ष बैठक निष्कर्ष बिहिन भएपछि व्यवस्थापिका संसद बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफलका लागि बसेको शीर्ष दलको बैठक निष्कर्ष बिहिन बनेपछि संसद बैठक स्थगित भएको हो ।

बिहान ११ बजेका लागि डाँकिएको संसद बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि बोलाइएको थियो । २ बजेका लागि बोलाइएको संसद बैठक समेत बस्न नसकेपछि ढिला गरी सूचना टाँसेर शुक्रबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराइएको हो ।

शीर्ष नेताको छलफलमा शुक्रबारको संसद बैठकमा एकीकृत कार्यसूची लगिने  अविश्वासको प्रस्ताव फिर्ता लिने र प्रधानमन्त्रीले राजनीनामा दिने विषयमा छलफल भइरहेको छ ।
अन्नपूर्णबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger