Latest Updates :

घुस लिदै गर्दा एक इञ्जिनियर पक्राउ....हेर्नुहोस्

SHARE THIS POST :

दाङ, ६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस्याहा एक इन्जिनियरलाई रंगेहात पक्राउ गरेको छ ।

जल उत्पन्न प्रकोप नियन्त्रण फिल्ड कार्यालय लमही, दाङका इञ्जिनियर रामदुलारी शरण भगत रु एक लाख ५७ हजार घुससहित अख्तियारको टोलीले पक्राउ हो ।

इञ्जिनियर भगतलाई आयोगको क्षेत्रीय कार्यालय कोहलपुरको एक टोलीले रङ्गेहात पक्राउ गरेको हो । गोवरडिहा गाविस– ८ खहरे भालुखोलामा तटबन्धका लागि तारजाली योजनाबापतको रु १७ लाख ९३ हजार ६०० को बजेट करकट्टी गरेर रु एक लाख ५७ हजार घुस बुझ्दै गर्दा उनी अख्तियारको फन्दामा परेका हुन् ।

लमही नगरपालिका– ११ लमहीस्थित डेराबाट अख्तियारको टोलीले इञ्जिनियर भगतलाई पक्राउ गरेको अख्तियारका क्षेत्रीय सूचना अधिकारी चूरामणि पराजुलीले जानकारी दिए ।  इञ्जिनियर भगतलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र अनुसन्धान तत्काल सुरु गरिने पराजुलीले बताए ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger