एजेन्सी । पिट्सबर्ग युनिर्भसिटी र नर्थ कोरोलाइना युनिवर्सिटीको रिसर्चका अनुसार यौन सम्बन्धबाट महिला र पुरुषमा अक्सिटसिन हर्मोनको मात्रा बढ्ने पत्ता लागेको छ । यो हार्मोनलाई लभ हार्मोन पनि भनिन्छ । स्र्कटलेण्डको अनुसन्धान अनुसार यौन सम्बन्ध राखेपछि ब्लड प्रेसर स्वतह ठाउँमा आउँछ । जसका कारण जोडीबिच सुमधुर सम्बन्ध स्थापित हुन्छ र तनाव पनि कम हुन्छ ।
विल्किस युनिर्भसिटीका वैज्ञानिकहरुका अनुसार कम्तिमा पनि हप्तामा एक वा दुई दिन राखिने यौन सम्बन्धले इम्यूनोग्लोबिन नामक एंटीबोडी को मात्रा ह्वात्तै बढाउँछ । जस्ले सर्दी लगायतका संक्रमणबाट बच्चाउँछ । यो अध्ययन ११२ जना विद्यार्थीहरुमा गरिएको हो ।
टेक्सस युर्निभर्सिटीको अध्ययनका अनुसार यौन सम्बन्धपछि आत्मविश्वासको मात्रा बढ्छ । क्याम्ब्रिज विश्वबिद्यालयका थेरापिष्ट जीना ऑगदेनका अनुसार यौन सम्बन्ध कायम भएपछि आत्मविश्वासबाट सुरु भएको सम्बन्ध आत्मसम्मानमा समेत परिणत हुन पुग्छ ।
यौन सम्बन्धले मोटोपनाबाट बचाउन पनि मद्धत गर्छ । सातामा एक वा दुई पटक कम्तिमा पनि आधा घण्टाको समय गरिने संभोग कृयाकलापका कारण मोटोपना सहित अनेकौँ रोगहरुबाट पनि मुक्ति मिल्ने अनुसन्धानकर्ताहरु बताउँछन् । सेक्सको समय उत्पन्न हुने विभिन्न हार्मोनहरुले टाउको दुखेको, जोनीको पिडा, आदिमा राहत मिल्ने तथ्य यूरोलजी इंटरनैशनलको ब्रिटिश जर्नलमा प्रकाशित एक रिर्पोटमा उल्लेख छ ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें