भोटोजात्रामा राष्ट्रपति भण्डारीले सयौं वर्ष अघिदेखिको परम्परा तोडिन्......हेर्नुहोस
ललितपुर, १४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन गर्नुभएको छ ।
लिच्छवीकालदेखि प्रदर्शन गर्दै आइएको भोटोलाई यो पटक भने नेपालको इतिहासमै पहिलो पटक महिला राष्ट्र प्रमुखले अवलोकन गर्नुभएको हो । विगतदेखि नै पुरुष राष्ट्र प्रमुखहरुले हेर्दै आएको परम्परा तोड्दै महिला राष्ट्रपति भण्डारीले मच्छिन्द्रनाथको भोटो हेर्दै परम्परा तोड्नुभएको हो ।
सो अवसरमा राष्ट्रपति भण्डारीबाट रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो । उहाँले जीवित देवी कुमारीको पनि दर्शन गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई रातो मच्छिन्द्रनाथका पानेजु यज्ञ शाक्यले टीका तथा प्रसाद प्रदान गर्नुभएको थियो ।
भोटोजात्रा स्थलमा प्रमूख जिल्ला अधिकारी ऋषिराम शर्माले राष्ट्रपति भण्डारीलाई स्वागत गर्नुभएको थियो ।
ऐतिहासिक भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री भीमबहादुर रावल तथा मन्त्रीहरु सहभागी हुनुभएको थियो ।
सो अवसरमा गुठी संस्थान ललितपुरका कामु प्रमुख बैकुण्ठ आचार्यले हिरामोती जडित भोटो रथको चारैदिशाबाट देखाउनुभएको थियो । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ । रासस
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें