Latest Updates :

घरमै डाक्टर– बच्चाले झुक्किएर विषालु पदार्थको सेवन गरेपछि के गर्ने ? थाहा पाई राखौ...

SHARE THIS POST :
डा.सुमनराज ताम्राकार
घरका लागि आवश्यक मट्टितेल, पेट्रोल, भिनेगर(चुकको झोल), रोग लाग्दा ल्याइएको विभिन्न खालको औषधीको झोल वा ट्याब्लेट तथा कृषि उत्पादनका लागि ल्याइएका किटनाशक औषधी छुट्टाछुट्टै राम्ररी लेबल गरेर, बच्चाहरुको पहुँचबाट टाढा, जाली वा सिसा भएको दराज वा सानो बाकसमा ताल्चा मारेर नराखेको खण्डमा स–साना बालबालिकाहरुले पानी, दूध, चक्लेट वा उत्सुकताको लागी कोक, पेप्सी जस्ता पेय पदार्थ सम्झी खाएर, पिएर दुर्घटना भएका अनेकौँ घटनाहरु छन् ।

त्यसैले बच्चाले नभेट्ने ठाउँमा सिसा वा जाली भएको दराजमा ताल्चा लगाएर तथा कोक, बियरको तथा रङ्गीन सिसीको प्रयोग गर्नुभन्दा पारदर्शी सिसामा राम्ररी लेबल गरेर राख्नुपर्दछ । कथंकदाचित दुर्घटना भएको खण्डमा कुनै चिज खाएको वा पिएको छ भने त्यसको सिसा वा भाँडो बोकी तुरुन्त अस्पताल लै जानुपर्दछ ।
अस्पताल लैजान क्रममा बच्चाको श्वासप्रश्वास, मुटुको चाल होसको स्थिति थाहाह पाइराख्नु पर्दछ । सकिन्छ भने सलाइन पानी चलाउदैँ लैजान स्वास्थ्यकर्मीलाई पनि लिएर जानु उपयुक्त हुन्छ ।

अस्पतालमा बच्चाले खाएको वा पिएको विषालु पदाथृको आधारमा उल्टी गराउने नगराउने, कुनै विषालु पदार्थ विशेषलाई क्षय गराउन, बच्चालाई कम्पन रोक्न, मुटुको चाल ठिक राख्न आवश्यकता अनुसार औषधी वा अक्सिजन दिइन्छ भने पोषणका लागि सलाइन पानी दिने गरिन्छ । यस क्रममा प्रभावित बच्चाको शारीरीक तापक्रम, मुटुको चाल, नाडीको गति, सास फेराई, बेहोसपनको मात्रा, दिसा पिसाबको मात्रा मापन तथा फोक्सो, मृगौला, कलेजो एवं मुटुको काम गराइ प्रति निरन्तर निगरानी राखिन्छ । प्रभावित बच्चाको स्वास्थ्य स्थिति आशातित सुधार आएपछि सल्लाह दिई घर पठाइन्छ ।

सारांशमा, स्वास्थ्य तथा फुर्तिलो बच्चा बहोश अवस्थामा, कारण बिना कम्पन आएमा मुखबाट शंकास्पद अन्ध आएमा तथा मुखबाट ¥याल चुहाइराख्ने अवस्थामा भेटिएमा विष सेवनको घटना हो की भनेर शंका गरी तुरुन्त अस्पतालमा लैजानुपर्दछ । – स्वास्थ्य खबरपत्रिका
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger