तपाइँ यदि बिहे गर्ने सोच बनाइरहनुभएको छ भने खुशीको खवर छ । अब तपाईले पत्नीको साथमा १८ करोड नगद दाईजो समेत पाउनु हुने भएको छ । तर यसका लागि भने तपाईले कुनै पनि पुरुषसँग बिहे नगर्ने भनेर संकल्प गरेर बसेकी युवतीलाई फकाउनु पर्दछ । हङकङका एकजना अर्बपतिले आफ्नी छोरीसँग बिहे गर्ने ज्वाइँलाई १८ करोड नगद दाइजो दिने घोषणा गरेका छन् । अर्बपति व्यापारी सेसिल चाओ जे सुंगले यस्तो घोषणा गरेका हुन् ।
उनले आफ्नी समलिंगी छोरीलाई बिहे गरेर अन्माइदिन मोटो रकम दाइजोको प्रस्ताव गरेका छन् । वास्तवमा उनकी छोरी गिगी भने लेस्बियन छिन् । त्यसैले उनी केटाहरुको सम्पर्कमै आउन चाहन्नन । दाइजोको लोभ देखाएर उनलाई बिहे गराउने तयारी गर्नका लागि उनका पिताले उक्त घोषणा गरेका हुन् । यो भन्दा पहिले सन् २०१२ मा गिगीको विवाहका लागि उनले छोरीसँग बिहे गर्नेलाई झण्डै ७ अर्ब रुपैयाँको प्रस्ताव गरेका थिए ।
मोटो रकम पाउनका लागि अर्बपतिकी छोरीसँग बिहे गर्न २० हजार युवकहरुले दरखास्त हालेका भएपनि कोहीपनि सफल भएनन् । यो पटक दाइजो रकम दोब्बर पारेपछि लेस्बियन छोरीको पक्कै बिहे हुने सेसिलको विश्वास छ ।



एक टिप्पणी भेजें