राकेश सुद लेख्छन्, ‘प्रचण्डले फ्रास्ट-ट्रयाक भारतलाई दिनुपर्छ....हेर्नुहोस्
काठमाडौँ: नेपालका लागि भारतीय पूर्वराजदूत राकेश सुदले नेपालमा अब बन्ने नयाँ सरकारले काठमाडौँ—निजगढ जोड्ने राजमार्ग (फास्ट ट्रयाक) लगायत विगतमा भारतीय कम्पनीले लगानी गर्न चासो देखाएका परियोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
भारतीय दैनिक ‘दि हिन्दू'मा मंगलबार प्रकाशित ‘गेम अफ थ्रोन्स इन काठमाडौँ' नामक लेखमा पूर्वराजदूत सुदले ७५ करोडको अनुमानित लागतमा काठमाडौँ—निजगढ फास्ट ट्रयाक भारतीय परामर्शदाता कम्पनीलाई दिने निर्णयलाई उल्ट्याएको भन्दै ओली नेतृत्वको सरकारको आलोचना गरेका छन्।
यसै, सन्दर्भमा घुमाउरो पारामा उनले माओवादी नेता पुष्प कमल दाहाल ‘प्रचण्ड'लाई बढी विश्वासिलो विकल्पका रुपमा पनि प्रस्तुत गरेका छन्।
‘सन् २००८-२००९ मा कटवाल प्रकरण पछि राजीनामा दिएका प्रचण्ड यतिबेलाका सबै दृष्टिकोणबाट उपयुक्त पात्र हुन्' दाहालले राजीनामा दिँदाका बखत नेपालमा राजदूत रहेका सुदले लेखेका छन् ‘तर कटवाल प्रकरणमा आफूले गल्ती गरेको भनेर दाहालले सार्वजनिक रुपमा स्वीकारिसकेका छन्।'
कटवाल प्रकरण पछि आफ्नो बर्हिगमनमा प्रचण्डले भारतलाई दोष दिएपनि यतिबेला भने प्रचण्डसँग भारसँग सम्बन्ध सुधार्ने काम आइपरेको उनी लेख्छन्।
तर, दाहालले सुदले भनेजस्तै फास्ट ट्रयाक तथा अन्य भारतीय परियोजनालाई समर्थन नै गर्नेछन् सरकारको नेतृत्व पाएमा त्यसबारे पूर्व राजदूतले केही भनेका छैनन्।
‘लामो समय देखि रोकिएका भारतीय परियोजनालाई कार्यान्वयन गर्नु अब नेपालमा बन्ने नयाँ सरकारको प्राथमिकता हुनुपर्छ' उनले लेखेका छन्।
भारतले गत दुई बर्षमा १.६५ बिलियन अमेरिकी डलर सहुलियतपूर्ण सहायता नेपाललाई दिने प्रतिबद्धता जनाएपनि नेपालले त्यसको झिनो रकम अर्थात् १६० मिलियन अमेरिकी डलर मात्रै उपयोगमा ल्याएको उनी लेख्छन्।अन्नपूर्णबाट
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें