Latest Updates :

पुरुष बनेर २५ वर्षीया युवतीसँग विवाह गर्ने महिला जेलमा....हेर्नुहोस

SHARE THIS POST :
जकार्ता / पुरुष बनेर महिलासँग विवाह गर्ने एक इन्डोनेसियाली महिला प्रहरी खोरमा पुगेकी छिन् । उनीमाथि जालसाजीको आरोप लगाइएको छ । ४० वार्षीया शुरवातीले आफूले पुरुष बनेर धोका दिएको स्वीकार गरेकी छिन् । उनले मोहमद एफेन्डी सापुत्राक बनेर झुक्याउने गरेकी थिइन् । उनी आफू प्रहरी अधिकारीसमेत बताउने गरेकी थिइन् ।

पुरुषको रुप धारण गर्न र त्यस्तै हाउभाउ गर्न उनी यति खप्पिस थिइन्, उनले एक युवतीलाई प्रेमको जालमा फसाउन सफल भए । केही महिनाको रोमान्सपछि दुवैले विवाह गरे । यसरी फँस्नेमा २५ वर्षीया हेनियाती रहेकी छिन् । विवाह समारोहमा शंका नहोस् भनेर शुरवातीले केही पुरषहरुलाई साथीको रुपमा भाडामा समेत बोलाएकी थिइन् ।

22हेनियातीलाई उनी पुरुष भएको पत्ता लगाउन केही महिना लागेको थियो । विवाह भएको लामो समय पनि यौनसम्बन्ध राख्न आनाकानी गरेपछि उनलाई आफ्नो पतिमाथि शंका लाग्न थाल्यो । पछि उनले घरमा शुरवातीको वास्तविक परिचय पत्र हात पारिन् । त्यसपछि प्रहरीलाई खबर गरेपछि शुरवातीलाई प्रहरीले पक्राउ गर्यो ।

उनी किन पुरुष बनिन् भन्ने हालसम्म नखुलेपनि उनी आफ्नो पहिलो विवाहबाट दुःखी रहेको बताइएको छ । उनको १७ वर्षको छोरा पनि रहेको बताइएको छ ।इन्डोनेसियामा समलंगी विवाहलाई घृणाको रुपमा हेर्ने हुँदा उनले यस्तो कदम उठाएको हुन सक्ने बताइएको छ ।उनलाई ७ वर्षसम्म कैद हुनसक्छ । केही समयअघि चीनमा एक पुरुषले महिलाबनेर यसरी नै झुक्याएको समाचार आएको थियो ।

स्रोतः द सन डेली


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger