Latest Updates :

अब गर्भवतीको जाँच मोबाइलबाटै... हेर्नुहोस यस्तो छ तरिका... जनिरखौ...

SHARE THIS POST :
इलाम, गर्भवतीले कुन कुन समयमा गर्भको परीक्षण गराउने, खोप लगाउने भन्ने लगायत सम्पूर्ण विषयमा अब उनीहरूले मोबाइलबाटै जानकारी पाउने भएका छन् ।

मोबाइलबाट जानकारी पाउने मात्र होइन गर्भ जाँच गर्ने समय र सुत्केरी हुने मिति समेत मोबाइलबाटै थाहा पाइने भएको छ । जिल्लामा पहिलो पटक गर्भवतीका लागि घर घरमै मोबाइल सेवा पु¥याउने उद्देश्यले यहाँका २७ गाविसमा ‘मोबाइल हेल्थ’ कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा करुणा फाउन्डेसन नेपालले यहाँका गाविसमा गर्भवतीका लागि सो सेवा सञ्चालन गरेको हो । शिशु र आमा दुवैको स्वास्थ्य राम्रो होस्, अपाङ्गता हुन नपाओस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयम्सेविकाबाट गर्भवतीको गर्भ दर्ता गर्न थालिएको हो । रासस


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger