Latest Updates :

बिग्रियो सलमान–अनुष्काको सम्बन्ध.....हेर्नुहोस

SHARE THIS POST :

काठमाडौँ । बलिउड अभिनेता सलमान खान र अनुष्का शर्माको सम्बन्ध बिग्रिएको खबर यतिवेला चर्चामा छ । यी दुईले अभिनय गरेको फिल्म ‘सुल्तान’ले एकातिर राम्रो व्यापार गरिरहेको छ भने अर्कोतिर दुई कलाकारको सम्बन्धमा आएको खटपटले बलिउड अचम्ममा परेको छ ।

यो सम्बन्धमा खटपट एक अन्तर्वार्ताबाट सुरु भएको हो । त्यो अन्तर्वार्तामा अनुष्कालाई सोधियो– के सलमानले बलात्कृत महिलाको अभिव्यक्तिबारे माफी माग्नुपर्दैन ? अनुष्काले जवाफ दिइन्, ‘मैले यसबारे सुनेपछि सलमान कति असंवेदनशील रहेछन् भन्ने थाहा पाएँ । सलमानले यस्तो अभिव्यक्ति दिने कुरा मैले सोचेको पनि थिइनँ । उनी सजग हुनुपथ्र्यो ।’

त्यही अन्तर्वार्तामा उनले थपिन्, ‘म सलमानलाई खासै चिन्दिनँ, उनीसँग व्यावसायिक सम्बन्ध मात्र छ । सलमानले यसमा माफी माग्ने विषयमा आफैँ निर्णय लिनुपर्छ ।’ अनुष्काको यस्तो प्रतिक्रिया आएपछि सलमान रिसाएको र उनीसँग टाढा रहन चाहेको बलिउड मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।आजको नया पत्रिका दैनिकबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger