Latest Updates :

भीषण आक्रमणपछि अफगानिस्तानमा राष्ट्रिय शोक.....हेर्नुहोस्

SHARE THIS POST :

अफगानिस्तान । अफगानिस्तानमा आज राष्ट्रिय शोक घोषणा गरिएको छ । अफगानिस्तको राजधानी काबुलको देमाजाङ्ग चोकमा शनिबार एक शान्तिपूर्ण प्रदर्शनका लागि भेला भएका सयौं निर्दोष जनसमुदायबीच गराइएको दुई वटा आत्मघाती आक्रमणमा कम्तीमा ८० व्यक्तिको मृत्यु भएपछि आज देशभरी राष्ट्रिय शोकको घोषणा गरिएको हो ।

आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)ले जिम्मा लिएको यस आक्रमणमा अन्य २३१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ । राजधानी काबुलको देमाजाङ्ग चोकमा सिया समुदायका हजारौँ समूहले शनिबार निकालेको शान्तिपूर्ण जुलुस प्रदर्शनलाई लक्षित सो आक्रमण भएको थियो । अफगान गृहमन्त्रालयले १० दिनको सार्वजनिक भेला र प्रर्दशनलाई प्रतिबन्ध लगाएको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger