Latest Updates :

काँग्रेसलाई लमि बनाइ भारतको घर ज्वाइँ बस्दै छन् क. प्रचण्ड......

SHARE THIS POST :



ओलि सरकार ढाल्छौ भनेर आजको दिन मा भ्रष्टाचार गरि बनाएका लाजिम्पाट, सामिप्यम रहेको भारतिय दूतावास र देउवा निवास नारायणथानका दरबार मा खुसियाली को पार्टी र भोजभतेर चलिरहेको छ।कसै-कसैलाइ मन्त्री बन्ने ठूलो सपना देखि काल्पनिक मन्त्री को भुत पनि चढिसक्यो होला।

तर आम नेपाली जनताको लोकप्रिय सरकार ढालेर भारत को निर्देशन पुर्ण रुपमा पालन गर्ने भन्दै उसैको इसारा बन्न लागेको भाप्रशे(भारत,प्रचण्ड र शेर बहादुर) सरकार को खिचडी ले स्वाभिमानी नेपाली को मुटु भत्भती पोलेको छ।स्वाभिमानी जनताको मन दुखाएर हुस्की र चुस्की को पार्टी गर्दै,अँध्यारो कोठामा राष्ट्रघात गर्ने सपना बुन्दै बर्तमान आम जनताको सर्वाधिक लोकप्रिय ओलि सरकार लाई हटाउन खोज्नुले ३करोड नेपाली को खुसी हराएको छ हिज प्रचण्ड को पार्टी माओबादी ले आफ्नो दस्तावेजमा वर्ग विभाजन गरि प्रधान शत्रु को किटानी गरेको नेपाली काँग्रेस संग लगनगाँठो जोडि वेहुला झै सिंगारिन प्रचण्ड को हतारो देख्दा लाग्छ,प्रचण्ड ले नेपाली स्वाभिमान लाई लात हानेर काँग्रेस लाई लमि बनाइ भारत को घरज्वाँइ बस्दै छन।

ससुरालिमा बसेको ज्वाँइ कहिलै स्वतन्त्र हुन सक्दैन।उ एक प्रकार को ससुराली घरको नियम,कानुन मान्ने हलि हो।देश हाक्ने नेता को चरित्र उसको कुराले थाह हुन्छ।हावा भरिएको बेलुन उढे झै गरि कसै ले उचालेकै भर मा उफ्रिने नेता कहिलै पनि राजनेता हुन सक्दैन।प्रचण्ड १७००० सर्वसाधारण नेपाली जनतालाइ मार्न र मर्न लगाइ नाटकिय ढङ्गबाट एक छिन उदाएको एउटा पात्र हुन जनताले उनको बोली मा बिस्वास गर्दैनन किन कि उनको बोली बिहान एउटा दिउसो एउटा बेलुका एउटा घात र प्रतिघात को बोली हुने गर्छ।उनको राजनितिक अवसान पनि त्यही नाटकिय ढङ्गबाट चाँडै हुनेछ।उनले फेरि महत्वपुर्ण समयमा नेपाली जनतालाइ विस्वासघात गर्दै छन। इतिहासमा त्यस्को मूल्य प्रचण्ड र उनले नेतृत्व गरेको माओबादी केन्द्रलाई अबश्य महंगो हुने छ।

आवेगमा आइ विबेग प्रयोग गर्न जानिएन भने पछुताउनु बाहेक अरु केही हुदैन।अहिले बेहुला बन्न पाउँदाको खुसी ले प्रचण्ड लाई उनको जिवन भरी दुखी बनाइरहने छ। ओलि सरकार ले सम्भावित बिकाश का पुरै ढोका खुल्ला गर्दै नेपाल लाई बिकाश मा हिडाउन देशको शुन्दर भबिश्य को स्पष्ट रेखा कोर्दै जनताको व्यापक समर्थन हुने गरि बिकाश का कामहरुलाइ तिब्र रुपमा एकपछी अर्को गर्दै ब्यबहारिक रुप दिदै थिए राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र स्वतन्त्रता लाई ध्यानमा राख्दै देशलाई तिब्रताका साथ बिकाश को गतिमा हिडाउदै थिए।के पि ओलि सर्वगुण युक्त एक मात्र राजनेता हुन। बर्तमान ओलि को जस्तो स्वाभिमानी सरकार न यो भन्दा पहिला थियो न त भोलि हुनेनै छ।

२१औ शताब्दी मा नेपालको राष्ट्रिय अखण्डता र स्वाभिमान लाई आँच आउन नदिएर बिखण्डन बादिहरु सँग धावा बोल्दै राजनिती र बिकाश दुबै कुरालाइ अगाडि बढाएर देश लाई १० बर्ष मा बिकसित राष्ट्र को दाँजोमा पुर्‍याउने उदेश्यका साथ ओलि अगाडि बढिरहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ।केपि ओलि को बिकासको लोकप्रिय कार्यक्रम ले जनतामा ठूलो बिश्वास पलाउदै थियो।जनतामा ठूलो उत्साह जगाउदै थियो। जब देश ले एउटा गति लिन थाल्छ त्यति वेला नेपाल लाइ अस्थिर बनाउने र नेपाली राजनेताहरु लाई कजाएर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न पल्केको छिमेकी राष्ट्र भारत लाई केपि को कदम ले निद्रा हराम गराइ रह्यो।

ओलि भारत को निम्ति संविधान बने देखि अहिले सम्म आखा को कसिंगर बनिरहे उनी प्रधानमन्त्री भै सके पछि उनलाई घुडा टेकाउन भारतले अनेकौ खेल खेली रह्यो नाकाबन्दी सम्म गर्‍यो तर पनि उनी भारत संग झुक्ने काम नगरी अगाडि बढिरहे परिणाम त उनले भारत लाई समेत झुकाउने काम गरे। ओलिलाइ कसोगरी हटाउ भन्ने भैरहेको भारतका सामु प्रचण्ड ले आत्मसमर्पण गरिदिदा ओलि सरकार ले बनाएका दीर्घकालीन बिकाश का योजनाहरु प्रचण्ड मार्फत अबश्य तुहिने छन।

जसरी ५२साल देखि अहिले सम्म बिकास का बाटाहरु पुरै बन्द गर्ने काम प्रचण्ड को पार्टी ले गर्‍यो।भएका बिकाश का संरचना समेत माओबादी ले ध्वस्त गर्‍यो त्यसरी नै फेरि कति बर्ष हो के पि ले उठाएका बिकास का बाटाहरु पुर बन्द हुने निश्चित छ।नेपाल को राजनितिलाइ संधै अस्थिर बनाउने अनि अनि देशलाइ लुट्न पल्केको प्रचण्ड पथले आखिर देश लाई २०औ बर्ष पछि पारी सक्यो।

अहिले बन्दै गरेको राष्ट्रघाती काँग्रेस, बिस्तारबादी भारत र आत्मसमर्पण बादी प्रचण्डपथ ले हाम्रो देश नेपालाइ भुटानिकरण गर्दै सिक्किम बनाउने निश्चित छ।हिज माओबादी पार्टी को बहुमत को सरकार हुदा जातियता का कुरा ल्याइ पहिलो संबिधान सभा भंग गरे झै फेरि अब बन्ने प्रचण्ड नेतृत्व को सरकार ले धार्मिक कुरा ल्याइ संविधान सभा बाट निर्मित जन संविधान लाई कार्यन्वयन मा अपरोध गर्ने छन।किन कि आत्मसमर्पनवाद, राष्ट्रघात र बिस्तारबाद अलग अलग कुरा हुन यी तिनै वटा कुरा को समिश्रण बाट बन्न लागेको सरकार ले संधै को लागि नेपाली स्वाभिमान लाइ सुगन्धित होइन,दुरगन्धित बनाउने छ।

.

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger