अनशनरत डा. गोविन्द केसीको समर्थनमा डाक्टर, नर्स, विद्यार्थी, सर्वसाधरणले टाउकोमा पागल लेखेका फेटा बाँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्छ भन्दै भाटभटिनीमा रहेको अख्तियारको कार्यालय अगाडि प्रर्दशन गरिरहेको छन् ।
प्रर्दशनकारीले सांसदको घडीमा लोकमानको ब्याट्री, माफियाको मन्त्र लोकमानको तन्त्र, धेरै कुरा प्रष्ट छन्, अख्तियारमा नै भष्ट्र नै छन् जस्ता नारा लगाउँदै प्रर्दशन गरिरहेका प्रदर्शनकारीहरुलाई प्रहरीले आधा दर्जन बढी पक्राउ गरेको छ । अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्ने लगायत चिकित्सा शिक्षा सुधारका लागि केसी त्रिवि शिक्षण अस्पतालमा १५ दिनदेखि अनसनमा बसीरहेका छन् ।



एक टिप्पणी भेजें