Latest Updates :

प्ररचण्डको नेतृत्वमा बन्ने नयाँ सरकार बीच बाटोमै ढल्छ - ज्योतिषको भविष्यवाणी.....

SHARE THIS POST :

काठमाडौं, १० साउन - प्रधानमन्त्री केपी ओलीको सरकार ढालेर आफू प्रधानमन्त्री बन्न तयार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको बारेमा ज्योतिषले नयाँ भविष्यवाणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि आइतबार साँझ  युवा ज्योतिष डा। सुनील सिटौलाले अब बन्ने नयाँ ५ वटा सरकार पनिबीच बाटोमै ढल्ने भविष्यवाणी गरेका छन् ।

सिटौलाले ट्वीटगर्दै भनेका छन्,’ अव बन्ने पाँच सरकारपनि बीच बाटोमै सकिने छ । त्यसपछि बन्ने सरकारले मात्र देश र जनताको भलो गर्ने छ ।’

सिटौलाको भविष्यवाणी अनुसार प्रचण्डको सरकार पनी ओलीजस्तै बीचमै ढल्ने छ ।


"प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन् । विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो । अब बन्ने पनि ५ सरकार बीच बाटोमै सकिने छ । त्यस पछि बन्ने सरकारले मात्र देश र जनताको भलो गर्नेछ। बरु जती सक्दो चाडोचाडो नयाँ सरकार बनाउदै जाउ", भन्दै सिटौलाले सल्लाह दिएका छन् ।

केपी ओली प्रधानमन्त्री बन्ने बेलामा पनि सिटौलाले भविष्यवाणी गरेका थिए जुन ठ्याक्कै मेल खाएको देखिन्छ । गोचरमा बन्न लागेको गुरु चण्डाल योगले गर्दा नव प्रधानमन्त्री खड्ग प्रसाद ओली पुरा कार्यकाल भोग गर्न नपाउँने हाम्रो विज्ञानले देखाउँछ भन्दै सिटौलाले ओली प्रधानमन्त्री बन्ने बेलामा भविष्यवाणी गरेका थिए ।



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger