Latest Updates :

उत्तरी भारतमा रेलले भ्यानलाई ठक्कर दिँदा सात विद्यार्थीको मृत्यु, बाह्र जना घाइते....

SHARE THIS POST :

.
नयाँ दिल्ली। भारतको उत्तर प्रदेशमा सोमबार रेलले एक विद्यालयको भ्यानलाई ठक्कँर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको उत्तर प्रदेशका एक उच्च प्रहरी अधिकारीले बताएका छन् ।

बादोही जिल्लाको महेन्दीपुर क्षेत्रमा एउटा निजी विद्यालयका विद्यार्थी लिएर विद्यालय तर्फ गइरहेको भ्यानलाई बिहान करिब ८ बजेको समयमा ठक्कर दिंदा घाइते बनेका सात विद्यार्थीको अस्पताल पुग्नु अगावै मृत्यु भएको थियो ।घटनामा घाइते भएका १२ जनाको उपचार भइरहेका प्रहरीले बताएको छ ।

दुर्घटनाको अनुसन्धानकका लागि छानबिन समिति बनाइएकोले दुर्घटनामा भ्यान चालकको गल्ती भएको वा रेल कर्मचारीको गल्ती भएको भन्ने बारे छिट्टै टुङ््गो लाग्ने भारतीय रेलमार्ग अधिकारीले बताएका छन् ।घटनापछि उक्त क्षेत्रमा केही समय रेलसेवा अवरुद्ध गरिए पनि अहिले सञ्चालनमा आइसकेको छ ।पुर्बेली न्युज बाट



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger