Latest Updates :

बिहेअघि नै गर्भवती हुने बलिउड अभिनेत्रीहरु...हेर्नुहोस..

SHARE THIS POST :

बलिउड सेलेब्रिटीका अजिब–अजिबका हर्कत बाहिर आउने गरेका छन् । कतिपय घटना तथा पात्रलाई मिडियाले अनावश्यक रूपमा तन्काउनाले त्यत्तिकै चर्चामा आउने गर्छन् भने कतिपयचाहिँ पाठकलाई खुराकका लागि लम्बेतान पार्ने गरिन्छ । सेलेब्रिटीका हरेक क्रियाकलापप्रति उनीहरूका फ्यानले चासो राख्ने गरेकाले पनि मिडियाले उनीहरूलाई निकै महत्व दिने गरेको छ ।आजको नयापत्रिका दैनिकमा खबर छ ।

महिमा चौधरी


बिहेअघि नै गर्भधारण गरेकी अर्की अभिनेत्री हुन्, महिमा चौधरी । उनले सन् २००६ मा मुम्बईका आर्किटेक्ट बबी चौधरीसँग बिहे गरिन् । फिल्मी करिअर ठिकै चल्दै नै गर्दा उनले हतार–हतार बिहे गरिन् । उनले जति हतारमा बिहे गरिन्, बच्चा पनि हतारमै जन्माइन् । अर्थात् बिहे गरेको नौ महिना नबित्दै उनले छोरी जन्माएकी हुन् ।


अनुष्का शंकर

चर्चित सितारवादक तथा संगीतकार अनुष्का शंकर पनि विवाहअघि नै गर्भवती भएकी थिइन् । उनले आफ्ना प्रेमी ब्रिटिस फिल्म मेकर जो राइटसँग २६ सेप्टेम्बर २०१० मा बिहे गरेकी थिइन् । उनले बिहेको पाँच महिनापछि फेबु्रअरी २०११ मा छोरो जन्माइन् ।


श्रीदेवी
आफ्नो जमानाकी चर्चित हिरोइन श्रीदेवी बिहेअघि नै गर्भवती भएकी थिइन् । श्रीदेवीले आफू गर्भवती भएको खबर बिहेअघि नै मिडियालाई बताएर हंगामा मच्चाएकी थिइन् । त्यतिवेला श्रीदेवी निर्माता बोनी कपुरसँग प्रेममा थिइन् । उनले आफूले प्रेमी बोनीको गर्भधारण गरेको गर्वका साथ बताएकी थिइन् । बोनी भने पहिल्यै विवाहित थिए । श्रीदेवीसँगको सम्बन्ध बाहिरिएपछि बोनीले पत्नी मोना कपुर (अभिनेता अर्जुन कपुरकी आमा)सँग सम्बन्धविच्छेद गरेर सन् १९९६ मा श्रीदेवीसँग बिहे गरेका थिए । बिहेको केही महिनामै श्रीदेवीले जान्हीलाई जन्म दिएकी थिइन् ।


बिना मलिक
अभिनेत्री बिना मलिकले सन् २०१३ को २५ डिसेम्बरमा दुबईका व्यापारी असद बसिर खानसँग बिहे गरिन् । तर, उनले सेप्टेम्बर २०१४ मा छोरा अबरामलाई जन्म दिइन् । बिना बिहेअघि नै गर्भवती भएको भारतीय मिडियाले चर्चा गर्ने गरेको छ ।

सारिका

दक्षिण भारतका चर्चित स्टार कमल हसन प्रथम पत्नी बानीसँग सम्बन्धविच्छेद गर्नेबित्तिकै सारिकासँग बस्न थाले । केही दिनपछि नै सारिका गर्भवती रहेको खबर फैलियो । २८ जनवरी सन् १९८६ मा श्रुति हसनको जन्म भयो । श्रुति जन्मिएको झन्डै दुई वर्षपछि अर्थात् सन् १९८८ मा मात्रै कमल र सारिकाले बिहे गरे । तर, यो जोडी सन् २००४ मा छुट्टियो ।

कोन्कोणा सेन शर्मा

बिहेअघि नै गर्भधारण गरेर चर्चा कमाएकी अर्की अभिनेत्री हुन् कोन्कोणा सेन शर्मा । उनले सन् २०१० मा प्रेमी रणवीर सौरीसँग निजी समारोहबीच बिहे गरेकी थिइन् । बिहे गरेको केही दिनपछि नै उनीहरूले आफूहरू आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । कोन्कोणा गर्भवती भएपछि नै उनीहरूले बिहे गरेको कुराले त्यतिवेला चर्चा पाएको थियो । उनीहरूको सन् २०११ मार्च १५ मा छोरो जन्मियो । तर, यो जोडी दुई वर्षयता छुट्टाछुट्टै बस्दै आएको छ ।


सेलिना जेट्ली
सेलिना पनि बिहेअघि नै गर्भवती भएकी थिइन् । सन् २०११ मा पिटर हगसँग बिहे गरेकी सेलिनाले आठ महिनामै जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । सेलिनाले बिहेअघि नै गर्भधारण गरेको खबरले त्यतिवेला निकै चर्चा पाएको थियो ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger