एजेन्सी । तपाई कुनै शोरुममा गएर कपडा किन्दा के के कुरा हेर्न भ्याउनुहुन्छ ? कपडाको कलर, साइज, डिजाइन अनि अरु के के ? शैनन ब्राउन नामक एक युवतीले पनि उही शैलीमा हतार हतारमा कपडा पसलको शोरुपमा आँफुलाई नाइट ड्रेस छानिन् । अत्यन्तै मन पर्यो उनलाई उक्त नाइट ड्रेस ।
त्यो कपडा घरमा नल्याएसम्म बाँच्नै सक्दिन कि झै भयो उनलाई । साँझ उनले नयाँ नाइट ड्रेसको मज्जा लुट्न के खोजेकी थिइन् उनी झसगं भइन् । जब उनले नाइट ड्रेसको मुख्य भागमा एक जोडीले संभोग गरीरहेको दृश्य देखिन् उनी झसंग भइन् ।
जुन कुरा युवतीले कल्पना समेत गरेकी थिइनन् त्यो दृश्यले उनी विक्षिप्त नै बनिन् र उक्त दृश्य सहित ट्विट गर्दै लेखिन् जब मैले नाइट ड्रेसमा यो दृश्य देखेँ त्यसपछि मानिसहरुले ब्यापार गर्ने बहानामा हरक्षण यौन बेचिरहेछन्, सेक्स गरिरहेछन् ।
सदा हँसिलो देखिन चाहनुहुन्छ ? यसो गर्नुहोस्........
पीर,
चिन्ता र तनाव कसलाई हुँदैन । आफ्ना काम, घरपरिवार र समाजका कारण कति तनाव
आइलाग्छन् भने कति आफ्नै कारण । खाशमा तनावले पिछै छाड्दैन कसैलाई ।
यसबिचमा पनि कति मान्छ हाँसिला देखिन्छन् र हँसिलो देखिने मान्छे राम्रा
देखिन्छन् । यसका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन् । खुशी हुन र
भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन् ।
– संसारमा कोही पनि
सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन । त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो,
आँखामा दाग छ, नाक चुच्चो भयो’ जस्ता कुरामा चिन्ता नलिनुस् र ‘ममा जस्तै
कुनै कुराको कमी सबैमा हुन्छ’ भन्ने कुरा सहज रूपमा स्वीकार गर्नुस् ।
–
ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ,
अनुहारमा दाग छ, ओठ खुँडे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने
ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् ।
दिनहुँ यसो गर्नुभयो भने तपाईं सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि
बन्दै जानुहुन्छ ।
– रूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा
पनि आफू कस्तो बन्न चाहन्छु भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी
मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो
चाहनाअनुसार चल्ने गर्नुस् । यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र
तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन
सहायकसिद्ध हुन्छ ।
– तपाईंले कुनै गल्ती गर्नुभएको छ अथवा अफू र
आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि
त्यागिदिनुस् । यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ ।
– लेख्ने,
पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता
सिर्जनात्मक काम गर्नुस् । सिर्जनात्मक काममा लागियो भने शरीरका नकारात्मक
ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ ।
–
दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ,
जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ । गहिरो सास लिँदा शरीरमा
सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न
राख्न मद्दत गर्छन् ।
– चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा
साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ ।
त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।
– कुनै
उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर,
चाँडै कुनै नतिजा हासिल गर्ने महत्वाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई
तनावमा राख्छ । यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी
महत्वाकांक्षी नबन्नुस् ।
– हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने
पनि मुस्कुराउने प्रयत्न गर्नुस् । बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् ।
हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि
शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ, जसले तपाईंलाई
क्रमशः खुशी बनाउँदै लैजान्छ । स्वास्थ्य खबरबाट
Enjoy Yourself
Loading...





एक टिप्पणी भेजें