Latest Updates :

चर्चमा यसरी हुन्छ गलत धन्दा.....हेर्नुहोस्

SHARE THIS POST :


साउन । बालबालिकालाई जर्बजस्ती धर्म परिर्वतन गराएको अभियोगमा पक्राउ परेकी चिनिमाया ब्लोन पूर्पक्षका लागी जेल चलान भएकी छिन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी ईश्वर कार्कीका अनुसार हिन्दु परिवारका बालबालिकालाई कोठामा राखेर जर्बजस्ती क्रिश्चियन बनाएको अभियोग लागेका जेरुसेलम एन्टीवन चर्चका सञ्चालक (पास्टर) हरिबहादुर तामाङ भने ५० हजार धरौटीमा छुटेका छन् ।jel
माया अनाथ आश्रमको नाममा अबैध बालगृह चलाएर विकट जिल्लाका कमजोर आर्थिक अवस्थाका ५ देखि १३ वर्षका बालबालिकालाई शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर ललितपुरले असार १० मा १४ बालबालिकाको उद्धार गर्दै ब्लोनलाई पक्राउ गरेको थियो । परिसरका अनुसार उनले बालबालिकालाई धनकुटाबाट काठमाडौं ल्याएर स्वयंम्भू हुँदै शंखमुलको चर्चमा राखेकी थिइन् ।
अनुसन्धानमा चर्चमा राखिएका बालबालिकालाई कोठाबाट बाहिर निस्कन नदिई हिन्दुधर्मावलम्बी परिवारका बालबालिकालाई क्रिस्चियन धर्मको प्रार्थना गर्न लगाएको आरोपमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो ।
दुबै जनाविरुद्ध दर्ता भएको मानव ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा जिल्ला अदालत ललितपुरले बिहीबार ब्लोनलाई पुर्पक्षको लागि कारागार चलान गरेको डीएसपी कार्कीले जानकारी दिए ।
यस्तो छ घटनाः
धनकुटा जिल्ला धनकुटा न.पा. वडा नं.४ बस्ने चिनिमायाँ व्लोन (तामाङ्ग)ले बिगत ५ बर्षदेखि सम्बन्धित निकायबाट नबिकरण नहुदाँ नहुदै पनि आफनै घरकोठामा अबैध रुपमा मायाँ अनाथ आश्रम संचालन गरी आर्थिक तथा सामाजिक रुपले नाजुक अबस्थामा रहेका नेपालको बिभिन्न बिकट जिल्लामा बासोबास गर्ने ५ वर्ष देखी १३ वर्ष सम्मका स– साना बालबालिकाहरुलाई निजहरुको नाजुक अबस्थाको फाईदा लिदै निजका आफन्त र परिवारलाई ललाई फकाई प्रलोभनमा पारी आफुले संचालन गरेको संस्थामा ल्याई शोषण गरेको थाहा पाई सम्बन्धित निकायले कार्बाहिको प्रक्रिया अगाडि बढाउन थाल्दाको अबस्थामा निज संचालक चिनिमायाँ व्लोन समेतको मिलेमतोमा बालबालिकाहरुलाई बिभिन्न समयमा बिभिन्न स्थानमा स्थान परिवर्तत गर्दै धनकुटाबाट काठमाण्डौको स्वयंम्भु र स्वयम्भुबाट ललितपुर जिल्लाको शंखमुलमा हरि बहादुर तामाङ्गले संचालन गरेको जेरुसेलम एन्टीवन चर्चमा ल्याई चर्चको कोठाबाट बाहिर निस्कन नदिई हिन्दु धर्म सगं आबद्ध बालबालिकाहरुलाई लुकाई ख्रिष्टियन धर्मको प्रार्थना गर्न समेत लगाउदै राखीएको सुचनाको आधारमा सो स्थानबाट महानगरिय प्रहरी परिसर ललितपुर र जिल्ला बालकल्याण समिती ललितपुर समेतको सयुतm टोलीले मिति २०७३।०३।१० गतेका दिन १४ जना बालबालिकाहरुलाई उद्धार गरि यस परिसरबाट मानब ओसारपसार र धर्म परिवर्तन उद्योग मुद्धामा निज चिनिमाया व्लोन र संचालक (पाष्टर) हरि बहादुर तामाङ्गलाई पक्राउ गरी अनुसन्धान पश्चात् सम्मानित जिल्ला अदालत ललितपुरमा प्रस्तुत हुदा सम्मानित अदालतको मिति २०७३।०४।०६ गतेको आदेशले निज चिनिमायाँ व्लोन पुर्पक्षको लागी कारागार चलान भएकी र अर्का प्रतिवादी हरि बहादुर तामाङ्गलाई रु,५०,०००।– धरौटी माग भएको ।
दैनिक नेपालबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger