Latest Updates :

अवैधरुपमा कोरिया बसेका नेपाली कामदार फिर्ता भए फेरि जान पाउने.....हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौं । कोरियाले गैरकानुनी बसेका नेपाली कामदारलाई आगामी सेप्टेम्बरसम्ममा स्वदेश फर्किन समय दिएको छ । अवैध कामदारको संख्या हृवात्तै बढ्न थालेपछि कोरियाले नयाँ रणनीति अख्तियार गरेको हो । सेप्टेम्बरसम्म फर्किने अवैध कामदारलाई पुनः कोरिया जान पाउने छुट समेत दिइएको छ । यसअघि अवैध कामदारलाई फेरि कोरिया छिर्न बन्देज गरिएको थियो ।

फेरी जान पाउने सुविधा दिएपछि गैरकानुनी हिसाबले बसेका कामदार आफ्नो देशमा सहजै फिर्ताहुने कोरियाको बुझाइ छ । दक्षिण कोरियाले अर्वध कामदारलाई नयाँ सुविधाबारे नेपाललाई गत बुधबार जानकारी दिएको हो । अब कोरियामा गैरकानुनी रुपमा बसिरहेका नेपाली कामदार फर्किएर केह सियम नेपालमा बसेपछि फेरि त्यहाँ जान पाउनेछन् ।

नयाँ कामदारसरह परीक्षामा समालेल भई सबै प्रक्रिया पूरा गरेर जान पाउने बाटो खुला भएको हो । कोरियाले वैधानिक प्रक्रियाबाट फर्किएका कामदारलाई कम्प्युटरमा आधारित विशेष परीक्षा लिएर फास्ट ट्रयाक प्रक्रियाबाट पुन लिने गरेको छ । अवैध कामदारले यो फास्ट ट्रयाक विधि प्रयोग गर्न पाउने वा नपाउने भन्ने चाहिँ कोरियाले अहिलेसँा कुने औपचारिक जानकारी दिएको छैन ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger