Latest Updates :

फेसबुक दुरुपयोग बढयाे – विदेशबाट युवती डाक्दै लाखाै रकम ठग्दै....सचेत रहनुहोस्

SHARE THIS POST :


काठमाण्डाै ।  प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत विदेश रोजगारमा रहेका दुई युवतीलाई नेपाल बोलाएर ठगी गर्नेलाई पक्रेको छ।महानगरीय अपराध महाशाखाले खाडी देश लेबनन र विकसित साइप्रसमा रहेका दुई युवतीलाई नेपाल बोलाई ठग्ने सिन्धुपाल्चोकका जेभी भनिने तुलबहादुर तामाङलाई पक्रेको हो। उनले लेबननमा रहेकी सृजना दोङबाट ९ लाख र साइप्रसमा रहेकी कुसुम लामाबाट ९ लाख रुपैयाँ ठगेका थिए।
महाशाखाका अनुसार ठगीको मुख्य साधन सामाजिक सञ्जाल फेसबुकलाई बनाएर तुलबहादुरले ३१ लाख ठगी गरेको जाहेरी परेको छ। जेभी नामको फेसबुक आइडी भएका तुलबहादुरले आफू अमेरिकाको स्थायी बसोबास पास पीआरधारी भएको भन्दै लेबननमा रहेकी युवतीलाई नेपाल बोृलाएर गठी गरेका थिए। उनले सृजनालाई विवाहको आश्वासन दिएर उनकै भाई सन्जय दोङ र मिम लामाबाट थप १३ लाख गठी गर्न सफल भए।  हालसम्म चार व्यक्तिबाट ३१ लाख रुपैयाँ तुलबहादुरले ठगी गरेको खुलेको छ। अाजकाे नागरिक दैनिकमा खबर छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger