Latest Updates :

मकवानपुरमा बस दुर्घटना, नौँ जनाको मृत्यु......हेर्नुहोस्

SHARE THIS POST :



काठमाडौं, १६ साउन । मकवानपुर जिल्लाको मनहरी– ३ रमनटारमा यात्रु बाहक बस एकआपसमा ठोक्किदा नौँ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ यात्रु घाइते भएका छन् ।

आइतबार बिहान पौने २ बजे ना ५ ख ५०५५ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४०६४ नम्बरको बस आपसमा ठोक्किदा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतकमध्ये उदयपुर त्रियुगा– १० का मणिरत्न चौधरी, विनोद चौधरी र सन्तोष चौधरीको मात्रै सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा ५०५५ नम्बरको बसका चालकसहित दुवै बसका ३२ जना यात्रु घाइते भएका छन् । घाइते सबैलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौडा पठाइएको छ ।दैनिक नेपालबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger