Latest Updates :

विवाहको गाडी बाढीले बगाउँदा…..हेर्नुहोस्..

SHARE THIS POST :


इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमभी क्षेत्र खैवरमा शनिबार विहान एक गाडी बाढीले बगाउँदा त्यसमा सवार कम्तीमा १५ व्यक्तिको मृत्यु भएको समाचार छ ।

सो गाडीमा विवाह समारोहका पाहुना सवार रहेको र कम्तीमा १५ को मृत्यु भएको उर्दु सञ्चार माध्यमले जानकारी दिएको छ । यस दुर्घटनामा अन्य कैयौ व्यक्तिहरु बेपत्ता भएका जनाइएको छ ।

खैबर प्रान्तको लन्दी कोताल इलाकाको बजार जखाखेल पहाडी इलाकामा चालकले नियन्त्रण गुमाउँदा सो बस बाढीमा पर्न गई बगाएको समा समाचारले जानकारी दिएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार सो बसमा के कति सङ्ख्यामा व्यक्तिहरु सवार रहेका थिए, सो एकिन सङ्ख्या भने पत्ता लागेको छैन् ।

सो घटनामा घाइते भएका केही व्यक्तिलाई भने नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

यसअघि पनि पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा गत एक हप्ता भएका छट्टाछुट्टै घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको छ । रासस/सिन्ह्वा

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger