मिडिया एनपी, काठमाडौं । साना–तिना कुरामा ध्यान दिन सकियो भने पीडाबाट बच्न सकिन्छ । विशेषगरी हाडजोर्नीको समस्या भएकाले केही सावधानी अपनाउन सक्दा ठूलो समस्या र पीडाबाट मुक्त रहन सकिन्छ ।
हाडजोर्नी तथ मांसपेशीको समस्या भएकाले ध्यान दिनुपर्ने ६ कुरा :
१. खुट्टाको जोर्नीमा समस्या भएकाहरूले पैंलेटी कसेर बस्नु हुँदैन ।
२. उकालो–ओरालो कम हिँड्ने तथा हिँड्नु परेको खण्डमा बिस्तारै हिँड्ने।
३. घुँडा खुम्च्याएर नबस्ने र धेरै ठूलो भारी बोकेर पनि नहिँड्ने । यस विपरीत कार्य गरे जोर्नीमा बढी दबाब पर्न जान्दा शरीरमा पीडा उत्पन्न हुन्छ ।
४. ढाडको समस्याबाट बच्न निहुरिँदा विशेष सावधानी अपनाउनुपर्छ ।
५. ठूलो सामान उचाल्दा पहिले बसेर बिस्तारै उचाल्दै उठ्ने ।
६. नियमित साधारण व्यायाम गर्ने, सम्भव भए नियमित पौडी खेल्नु राम्रो हुन्छ ।



एक टिप्पणी भेजें