हुन त जीवनमा हरेक पल सबै कुरा सम्भव हुन्छ भन्ने छैन् साना ठुला बाधा अडचन क्षणक्षणमा आइरहन्छन् चुनौती बिनाको र सघर्ष बिनाको जिवन जिउनुको पनि मज्जा हुदैन् मानिस जन्मनु र मर्नु मात्र ठुलो कुरा होइन् जीवनलाई चुनौतीसँग रमणीय र सफल बनाउन केहि न केहि कुरा सिक्नु पनि आवश्यक देखिन्छ । हरेक व्यक्तिको जीवनमा यस्ता मोडहरु आइरहन्छन् तर पनि मानिस कहिल्यै पनि हरेष खानु हुदैन । संघर्षशील मानव जीवन यस्तो जीवन हो । जुन वर्षाको पानी र भेलले बगाएर ल्याएका ढुगाहरु कैयौ पाखा पखेरा, दोभान र त्रिवेणीहरुमा ठोकिंदा ठोकिंदै आफनो रुपलाई वास्तविक आकारमा परिवर्तन गर्न पुगे जस्तै हो । मानव जीवनलाई मानवरुपी चुनौतीहरुसंग ठोक्काएर आफुले चाहेको गन्तव्य पुग्न सक्नु भनेकै सफल जीवन हो । जिन्दगी जिउन सजिलो कहाँ छ र मोडमा ह्यान्डल घुमाउदै भीडभाडमा ब्रेक लगाउदै, उस्तै परे स्ट्यान्ड लगाएर भए पनि घिसार्नु पर्छ र्फतार सधै एउटै हुदैन् । तर पनि सफल जीवन जीउनुमा पुरुषहरुको पनि अह्म भुमिका हुन्छ ।
विशेष गरेर धेरै महिलाहरु ले अवसर पाएको खण्डमा सफल बन्नेका छन् । उनीहरुले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ । कैयौ महिलाहरु देशकै उच्च पदस्थ व्यक्तिव्वको रुपमा पनि चिनिएका छन् । सबै भन्दा ठुलो कुरा सफल जीवन जीउनमा पुरुषको हात भनेकै एउटा वातावरण सृजना गरिदिनु पर्छ । उनीहरुले नसक्ने र असम्भव भन्ने केही छैन् । उनीहरुलाई बातावरण र अवसर पाएको खण्डमा उनीहरुले हरेक पक्षमा सफल हुन सक्छ भने अर्को तर्फ हाम्रो समाजका महिला भनेको घर परिवारमा मात्र सीमित हुनुपर्छ भन्ने संकुचित सोच छ । त्यो पितृसत्तात्मक सोचले गर्दा पनि अलिकति केही गरौ भन्ने सोच भएका महिलाहरुले अवसर नपाएका कुराहरु पनि छन् । त्यसैले कनै पनि महिलाको जीवन सफल बनाउनुमा पुरुषले बातावरण सृजना गर्नु, अवसर सृजना गर्नु र सरलता सजगता र सहजता सृजना गर्नु अति महत्वपूर्ण भूमिका रहन्छ ।
हुन त मानव जीवनलाई सफल बनाउने अझ पनि थुप्रै तव्वहरु हुन्छ ।मानव जीवन विभिन्न दुर्घटना नै दुर्घटनामा व्यतित भएको हुन्छ । जस्तै शारिरिक, मानसिक, सामाजिक, आर्थिक, प्राकृतिक तथा पारिवारिक आदि दुर्घटनाबाट ग्रसित भइरहेका मानव जीवनले ती दुर्घटनाहरुलाई आत्मासाथ गदै समय र परिस्थितिसँग जुल्न सक्नु सजगता हो । सजगता भन्ने जीवनमा आइपर्ने आदिबेरी र खतरापूर्ण चुनौतीहरु पनि मानिसहरुलाई पर्ने गर्छन् सबै समस्यालाई धैर्येपूर्वक पन्छाउन सक्नु भनेकै सहजता हो । यसै सम्बन्धमा लेखक राजु श्रेष्ठ भन्नुहुन्छ हरेक महिलालाई घरपरिवार, मात्र मात्र सीमित नराखेर विभिन्न क्षेत्रमा सहभागिता गराउने, बाहिरी संसारमा पनि उनीहरु लाई संलग्न गराएमा, आत्मविश्वास बढाएमा, हरेक पुरुषले महिलाहरु लाई हेर्न दृष्टिकोणमा परिर्वन गर्न सकेमा उनीहरु लाई सफल जीवनयापन गर्न टेवा पुग्ने बताउनु हुन्छ ।
त्यस्तै शिक्षक पुष्कर खड्का पनि भन्नु हुन्छ, महिलाहरु एक प्रकारले सामाजिक र संस्कारगत तरिका बाट पनि धेरै चुनौती सामाना गर्नु पर्दा को बाबजुत पनि उनीहरु लाई स्वतन्त्रता को वातावरण सृज्ना गरेमा, उनीहरु को भावानाको कदर गरेमा, समाजमा महिला र पुरुष लाई गर्ने व्यवहारमा आमुल सकारात्मक परिर्वत गर्न सकियो भने अवश्य पनि अधिकाश महिलाहरु लाई सफल जीवन जीउन र हरेक पक्षमा सफल हुन सक्छन् ।दैनिक नेपालबाट



एक टिप्पणी भेजें