Latest Updates :

पूर्वराजा ज्ञानेन्द्र र ओली बीच गम्भीर षडयन्त्रको खुलासा : ओलीलाई अप्रिय कदम चाल्न निर्मल निवासको सहयोग....हेर्नुहोस्

SHARE THIS POST :


काठमाडौँ /पार्टीका नेताहरुले प्रधानमन्त्री ओलीले माओवादी केन्द्रसंग भएको भद्र सहमती कार्यान्वयन नगरेको भन्दै ओलीको आलोचना गरिरहेका बेला ओलीबारे नयाँ तथ्य बाहिर आएको छ । ओलीलाई एमालेभित्रकै नेताहरुले कडा आलोचना गरिरहेका बेला उनलाई भने राजा ज्ञानेन्द्रसहित निर्मल निवासले दह्रो साथ दिने आश्वासन दिएको छ । ओलीले चाल्ने हरेक कदममा निर्मल निवासको साथ रहेको बताइन्छ ।

स्मरण रहोस राप्रप्रा नेपालका अध्यक्ष कमल थापाको पार्टीले सबैले ओलीको साथ छाडेपनि आफु अन्तीमसम्म ओलीको पक्षमा रहने बताएको थियो । त्यसो त ओलीले आफ्नै दलको सुझावलाई समेत लत्याएर संसदमा अविश्वास प्रस्तावको सामना गर्ने अप्रत्यासीत निर्णय गरेका थिए । एमालेभित्रै ओलीले सहमती कार्यान्वयन नगरेर मुर्खता गरेको आरोप लागेको थियो ।
जहिले पनि माओवादीले एमालेलाई साथ दिएको तर एमालेले त्यो गुन विर्सीएर उल्टो यात्रा गरेको भन्दै ओलीलाई कालीदास समेत भन्न थालिएको छ । ओलीको पछिल्लो निर्णय एमालेका लागि निकै घातक हुने एमाले नेताहरुले सार्वजनिक रुपमा बताइरहेका छन् । एमाले सचिव योगेश भट्टराईले त आफुहरु एउटै कम्युनिष्ट केन्द्र बनाउन चाहेको र प्रचण्डलाई अध्यक्षको रुपमा हेर्न चाहेको बताएका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बहुमत गुमाए पनि उनी सरकार छाड्ने मुडमा छैनन् । सरकार टिकाउने मत पनि नहुने र सरकारबाट हट्न पनि नचाहने ओलीलाई कसले सहयोग गरिरेहेको छ भन्ने चासोको विषय भएको थियो । यस्तोमा प्रधानमन्त्री ओलीलाई अहिले खुट्टा नकमाउन आफुनिकट स्रोतबाट निर्मल निवासले उचालेको बताइन्छ ।

अब संबैधानीक सुन्यता आउने छ निष्कर्ष निर्मल निवासको छ । ओली सरकारको निरन्तरताको पक्षमा जो जो कानून व्यवसायीहरु बोलीरहेका छन् उनिहरु मध्येको ठूलो संख्या तत्कालीन राजा ज्ञानेन्द्रको पालालाई सर्मथन गरेकाहरु देखिन्छन । त्यस माथी पूर्व राजा ज्ञानेन्द्रका पूर्व सचिवहरु पशुपति भक्त मर्हजन, सागर तिमल्सिना, फणिराज पाठक, पूर्व मन्त्री निक्षसंशेर राणा, होटल सोल्टीका शेयर होल्डर प्रभाकरसंशेर राणा एवं पूर्व राजाका नातेदार वैगुण्ठसंशेर राणा लगायतको समूह सक्रिय ढंगले ओली सरकारलाई उचाल्न सक्रिय छ । ओलीका निकट व्यक्तिहरु खोजी गर्दै उनीहरुले कुनै अप्रिय कदम चाल्न मनोबल वढाइरहेको बताइन्छ ।

राजधानीबाट प्रकाशित हुने तरुण साप्ताहिकका अनुसार निर्मल निवासमा आयोजीत डिनरमा सरकार अब यो सरकारबाटै मुठभेड गराउँनु पर्छ भन्दै पूर्व राजालाई उचाल्नेहरु सक्रिय भएर लागेकाछन् । कसै गरी अर्को सरकार बन्यो भने उसले चुनाव गराउन नसक्ने वातावरण सिर्जना गराउनु पर्ने उनिहरुको ठहर छ । त्यसपछि भ्याकुम उत्पन्न हुन्छ । सरकारको नेतृत्वमा देशलाई सम्हाल्ने हो ।पूर्व राजालाई सरकार भन्दै निकटका व्यक्तिहरुले उचाली रहेका छन् । यसका लागी जनमत सिर्जना गर्न केही करोड रुपयाँ निकासा समेत भएको छ ।

दरबार निकट सचिवहरु सागर तिमिल्सना, फणिराज पाठक मार्फत पैसा पाएको दुई झुण्डले रत्नपार्कमा राजाको पक्षमा भाषण गर्दै आईरहेको बुझिएको छ ।उनिहरुले मौसुफको पक्षमा जन लहर फैलीएको ब्रिफिङ्ग समेत गरिरहेका छन् । तत्काल ओली सरकार टिकाउने नाममा मुठभेड भयो भने सम्हाल्न अप्ठेरो हुने र त्यती बेला राजसंस्था पूनस्र्थापीत हुन सक्ने एकथरी राजाबादीको विश्लेषण छ । अर्काथरीले २०७४ माघसम्म कुनै चुनाव हुदैन अनि मुलुकमा संबैधानीक सुन्यता आउँछ त्यसपछि २०४७ सालको संविधानमा टेकेर सबै समस्याको समाधान गर्नु पर्छ भन्ने पक्षमा रहेका छन् ।नोट यो लेख हामीले टुडे खबर डटकम बाट साभार गरेका हौँ हामी लेखसँग सम्बन्धित थप जानकारी दिन असमर्थ छौँ । लाइट नेपालबाट
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger