Latest Updates :

जापानकाे एक अपांग केन्द्रमा बन्दुकधारिकाे अाक्रमण : १९ जनाको मृत्यु :३० जना घाइते.....हेर्नुहोस्

SHARE THIS POST :

वासिङ्गटन । जापानको कानागावा जिल्लामाअवस्थित एउटा अपाङ्ग स्याहार केन्द्रमा मङ्गलबार विहान एकजना बन्दुकधारी आक्रमणकारीले गरेको अन्धाधुन्द गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ । साथै अन्य करीब ३० जना नराम्ररी घाइते भएका छन् । यस घटनाउपर संयुक्तराज्य अमेरिकाद्धारा मृतकका परिबार र स्वजनहरु प्रति गहिरो समवेदना प्रकट गरेको व्हाइट हाउसले जनाएको छ ।

ूयस्ता भीषण हिंसाका घटना कहिल्यै पनि क्षम्य हु्न नसक्ने, त्यसमाथि अन्ध, अपाङ्गको सेवा गर्ने पवित्र संस्थामाथि आक्रमण गर्नु त अर्थहीन र महाघृणित कार्य हुन्छू अमेरिकी नेसनल सेक्युरिटि काउन्सिलका प्रवक्ता निड प्राइसद्वारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । ूहाम्रो अन्तर्विचार जापानी मित्रहरुसंग मिल्दछ, उहांहरु शोकाकुल भै रहनु भएको छ, यस्तो दुखःद घडीमा हामी सदैव उहांहरुकै साथ रहनेछौंू । प्राइसको सो बिज्ञप्तिमा थप उल्लेख गर्नु भएको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger