Latest Updates :

ऐश्वर्याका लागि अब ८ जना बडिगार्ड, किन बढाइयो सुरक्षा ?.....हेर्नुहोस्

SHARE THIS POST :


बलिउडका कलाकार आफ्नो सुरक्षाका लागि बडिगार्ड राख्छन् । तर, कहिलेकाही राखिएका बडिगार्ड पनि कम हुन्छन्, जसले गर्दा उनीहरुलाई विभिन्न समस्या पर्ने गरेको छ ।

बलिउडका चर्चित नायकहरु सलमान खान, साहरुख खानका दर्जन बढी बडिगार्ड छन् । बलिउड नायिका ऐश्वर्या रायका पनि ४ जना बडिगार्ड थिए । तर, अब उनले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै ८ जना बडिगार्ड राख्ने निर्णय गरेकी छिन् । विशेषगरि, विभिन्न स्थानमा पुग्नका लागि बलिउडका कलाकार बारम्बार विमानस्थल पुग्छन् । तर, विमानस्थलमा हुने फ्यानको भीडभाड, मिडियाको तछाडमछाडले उनीहरुलाई आपत्त पर्ने गरेको छ ।

केही दिन अगाडि मात्र एयरपोर्टमा ऐश्वर्याकी आमा लडेकी थिइन् । फोटोग्राफरसँग ठोक्किएर उनी लडेकी थिइन् । ऐश्वर्याकी छोरी अराध्यालाई पनि चोट लागेको थियो । यसैकारणले ऐश्वर्याले सुरक्षा बढाउने निर्णय गरेकी हुन् ।

हुनत, बलिउड कलाकार एयरपोर्टमा आउने र जाने कुराको खबर उनीहरुकै पीआरले मिडियालाई दिएका हुन्छन् । अब, ऐश्वर्याले आफ्नो नीतिमा बदलाव ल्याउने भएकी छिन् । पति अभिषेकका साथमा यात्रा गर्दा उनले एयरपोर्टमा मिडिया बोलाउने निर्णय गरेकी छिन् । तर, छोरी र आमाको साथमा यात्रा गर्दा केही चर्चित फोटोग्राफर मात्र बोलाउने उनको निर्णय छ ।अनलाइनखबरबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger