भारतको आसाममा एक महिलालाई बोक्सीको आरोपमा गाउलेहरुले तातो फलामले डामेर हत्या गरेका छन् ।३८ वर्षिय ती महिलालाई गाउलले हत्या गर्नुअघि निवस्त्र गाउ परिक्रमा गराएका थिए ।आदीवासी समुदायको बाहुल्यता रहेको सो गाउका मानिसहरु विरामी भएपछि सो महिलालाई बोक्सीको आरोप लगाइएको थियो ।
घटनाको सम्बन्धमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुशार पछिल्लो ६ वर्षमा आसामको आदीवासी बसोबास रहेको क्षेत्रमा बोक्सीको आरोपमा करिब ९० जना मारीसकेका छन् ।



एक टिप्पणी भेजें