Latest Updates :

बेलायतमा पक्राउ परेका कर्णेल लामाले बयान दिन किन इन्कार गरे ?.....हेर्नुहोस्

SHARE THIS POST :
 काठमाडौं, ६ साउन । माओवादी द्वन्द्वकालको घटनाको विषयलाई लिएर बेलायतमा पक्राउ परेका नेपाली सेनाका कर्णेल कुमार लामाले अदालत समक्ष बयान दिन इन्कार गरेका छन् ।

यातना दिएको अभियोगमा मुद्दा खेपिरहेका कर्णेल लामाले लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टमा मुद्दाको सुनुवाइ जारी रहँदा बयान दिन इन्कार गरेका हुन् । आफ्नो वकिल मार्फत बयान दिन उनले इन्कार गरेका बताइएको छ ।

गत महिना देखि लामाका मुद्दाको विषयमा १२ सदस्यीय जुरीले सुनुवाइ गरिरहेको छ । जारी सुनुवाइमा अभियोजन पक्षबाट विज्ञ तथा साक्षीहरुले अदालत समक्ष बयान दिइसकेका छन् ।

सन् २००५ मा कपिलवस्तुको गोरुसिंगेस्थित एक सैनिक व्यारेकमा थुनामा रहेका दुई सर्वसाधारणलाई चरम यातना दिएको अभियोगमा कर्णेल लामा सन् २०१३ मा बेलायतमा पक्राउ परेका थिए ।

दक्षिण सुडानस्थित राष्ट्रसंघीय मिसनमा कार्यरत रहेकै बेला छुट्टीमा परिवार भेट्न बेलायत आउँदा पक्राउ परेका लामा समातिएको अढाइ महिनापछि धरौटीमा रिहा भएका थिए । हाल उनलाई बेलायत छोड्न प्रतिबन्ध लगाइएको छ ।मिडिया एनपी,बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger