Latest Updates :

के फाइदा हुन्छ टुसा उमारिएका गेडागुडी खाँदा ?...... जानिराखौ

SHARE THIS POST :




साउन १० । स्वस्थ जीवनशैली अप्नाउन चाहने हरेक मानिसले उम्रिएको गेडागुडी खानुपर्छ ।


उम्रिएको गेडागुडीलाई ब्रेकफास्टमा प्रयोग गर्नुपर्ने विज्ञहरु सुझाउँछन् । दैनिक एक कचौरा पोषणयुक्त उम्रिएको गेडागुडीको परिकार खाने मानिस निश्चित रोगबाट बच्ने विभिन्न अध्ययनले देखाएका छन् ।



गेडागुडीलाई केही दिन पानीमा भिजाएर उमारेर खाँदा विभिन्न फाईदा हुन्छ । जसमध्ये यस प्रकार छन्–

१) केही गेडागुडीमा धेरै इन्जाइम हुने र यसले शरिरको कार्यलाई सहयोग गर्छ । उम्रेको गेडागुडीले धेरै पोषण दिन्छ ।

२) गेडागुडीलाई टुसा उमारेर खाँदा पर्याप्त मात्रामा फाइबरको पाइन्छ ।

३) उमारेको गेडागुडी, बिउबिजन, नटबाट प्राप्त हुने खनिजलाई शरिरले सजिलै प्राप्त गर्न सक्छ । उमारेको गेडागुडीमा भिटामिनको मात्रा पनि बढी हुन्छ । गेडागुडीलाई उमार्दा भिटामिन पर्यात्प मात्रामा ई, सी, बी र एको मात्रा पाइन्छ ।

४) उमारेको गेडागुडीमा प्रोटिनको मात्रा पनि बढी हुन्छ । कुनै निश्चित प्रकारका गेडागुडीलाई पानीमा भिजाउँदा पोषणमा परिवर्तन हुन्छ ।

५) टुसा उम्रेको गेडागुडीले शरिरमा एसिडको मात्रा घटाउँछ । यसले क्यान्सर लगायतको समस्याबाट निको गर्छ । बिहानै उठेर उम्रेको काँचो गेडागुडी खाँदा क्यान्सरको जोखिम कम हुन्छ । –एजेन्सीको सहयोगमा


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger