एजेन्सी , बलिउड सुल्तान सलमान खानलाई हरिण शिकार गरेको मुद्दामा राजस्थान हाईकोर्टले सोमवार फैसला गर्ने भएको छ । केहि समय अघि राजस्थानको सीजीएम अदालतले सलमानलाई पाँच सालको जेल सजाए सुनाएको थियो । पाँच बर्षको जेल सजाय पाएका सलमानले सजायमा चित्त नबुझेको भन्दै राजस्थान हाईकोर्ट याचिका दायर गरेका थिए । सोहि मुद्दाको अन्तिम फैसला भोलि (सोमबार) हुने भएको छ ।
सलमानलाई सन् १९९८मा राजस्थानको मथानियामा कालो हरिणको सिकार गरेको आरोप लागेको छ । भोलि अदालतले सीजीएम अदालतको निर्णय सदर गरे पाँच बर्षको जेल सजाय हुनेछ । यता राजस्थान सरकारले सलमानलाई दिएको सजाय कम भएको भन्दै सजाय बढाउन माग गर्दै राजस्थान हाईकोर्टमा अपिल समेत गरेको छ ।



एक टिप्पणी भेजें