Latest Updates :

चिकित्सा क्षेत्रमा आतंक फैलाइरहेका छन् : डा. केसी, गगन थापाले के भने ?.......हेर्नुहोस् (भिडियोसहित)

SHARE THIS POST :

काठमाडौं, साउन १० । चिकित्साशिक्षा क्षेत्र सुधारको माग गर्दै आठौंपटक अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले सोमबार १६औं दिनमा अनशन तोडेका छन् ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचारका लागि आएका बिरामीको हातबाट जुस पिउँदै केसीले अनशन तोडेका हुन् ।

डा. केसी आठपटक गरी ७९ दिन आमरण अनशनमा बसे । मेडिकल क्षेत्रमा देखिएको ‘माफियातन्त्र’को अन्त्यका लागि उनी निरन्तर लडिरहे ।

‘स्वास्थ्यसेवा सर्वसुलभरुपमा सबै जनताले पाउनुपर्छ’ भनी उनी एक्लै निरन्तर एक्लै लडिरहे । सरकारले माग सम्बोधन गर्ने भन्दै पटक–पटक आश्वासन दिँदै सम्झौता गरेपनि कार्यान्वयन नभएपछि उनी आफ्नो अडानमा निरन्तर लागि रहे र अन्त्यमा स्वास्थ्य क्षेत्रमा देखिएको माफियातन्त्र हटाउन सफल भए ।

सरकारले डा. गोविन्द केसीको आठौं अनशन १६औं दिनको दिन तोडाएको छ । अनशन तोडेपछि पनि डा. केसीले आफ्नो आन्दोलन भने निरन्तर जारी रहने बताए ।

‘दूर–दराजमा रहेका सर्वसाधारणका छोराछोरीले सहज र सुलभरुपमा मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भन्ने आफ्नो अडान कायमै’ रहेको उनले बताए ।

अनशन तोड्नुअघि सरकारका प्रतिनिधि र डा. केसीबीच चार बुँदे सहमति भएको थियो । एक रिपोर्ट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger