उदयपुर, साउन ९ / उदयपुरको दुर्गम पहाडी गाविस लाफागाँऊ– २ फार्सेकी ९ वर्षिय बालिका बलात्कृत भएकी छिन । स्थानीय ५२ वर्षिय डिगबहादुर पाठकले शुक्रवार बिहान बालिकालाई घर नजिकैको मकै बारीमा लगेर बलात्कार गरेको हो । घरबाट नजिकै रहेको बारीमा बाँदर रुङन गएकी बालिकालाई पाठकले मकैबारीमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुर प्रहरी नायव उपरिक्षक ओमबहादुर राना मगरले जानकारी दिए ।
बालिकालाई जबरजस्ती करणी गर्दा गर्दै धर्मे हुदै आउदै गरेकी स्थानीय महिला स्वयसेविका बिष्णु मल्लले प्रत्येक्ष रुपमा देखेकी थिइन । उनले हल्ला गर्न थालेपछि पनि पाठकले बालिकालाई जबरजस्ती गर्न नछोडेको बताईन । गाँउका सबै खेती गर्न तल बेसीमा झरेकाले उनलाई तत्काल पक्राउ गर्न नसेकापनि शुक्रवार राती कमलबहादुर बरालको घरमा धनबहादुर बराल लगायतले पाठकलाई चारैतिर घेरा हाली पक्राउ गरेको थियो ।
स्थानीयबासीले पाठकलाई पक्राउ गरि सनिवार साँझ जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएका छन । बलात्कृत बालिकाको स्थानीय स्वास्थ्य चौकीमा स्वस्थ्य परिक्षण गरि ल्याएको उनको यौनाङ्ग क्षतविक्षत भएको अभिभावकले जानकारी दिए । बालिकाको पुनः स्वास्थ्य परिक्षण गरि जबरजस्ती करणी मुद्धा चलाउने तयारी भई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।



एक टिप्पणी भेजें