विज्ञहरूको अध्ययनअनुसार अन्डाको कोलेस्ट्रोलले शरीरमा नकारात्मक प्रभाव पार्दैन । दिनमा कति खाने ? हरेक दिन जोकोही स्वस्थ व्यक्तिले तीन सय मिलिग्रामसम्म कोलेस्ट्रोल सेवन गर्न सक्छ । तीन सय मिलिग्राम कोलेस्ट्रोल प्राप्त गर्न एकदेखि डेढवटा अन्डा खानुपर्छ । कोलेस्ट्रोलको असर ७० प्रतिशत मानिसमा कुखुराको अन्डाले कोलेस्ट्रोल बढाउँदैन ।
तर, ३० प्रतिशत जो तनावमा रहने व्यक्ति हुन्छन्, उनीहरूमा एलडिएल कोलेस्ट्रोल केही बढ्छ । अन्डाका फाइदा अन्डामा मानव शरीरलाई आवश्यक थुप्रै पोषण हुन्छन् । प्रोटिन, भिटामिन बी–१२, रिवोफ्लभिन र भिटामिन डीजस्ता महत्त्वपूर्ण तत्त्व पाइन्छन् । भिटामिन ए, भिटामिन बी–५, बी–२, बी–६, फस्फोरस, सेलेनियम, भिटामिन डी, भिटामिन ई, भिटामिन के, क्याल्सियम, जिन्क पाइन्छ । एउटा ठूलो अन्डाबाट ७७ क्यालोरी प्राप्त हुन्छ भने ६ ग्राम प्रोटिन र ५ ग्राम हेल्दी फ्याट मिल्छ ।
यस्ता तत्त्वले शरीर स्वस्थ राख्न सघाउ पुर्याउने अध्ययनमा संलग्न विज्ञहरू बताउँछन् । उनीहरूले मासु या कार्बोहाइड्रेटयुक्त खाना खानुभन्दा अन्डा खानु शरीरका लागि बढी फाइदाजनक हुने पनि निष्कर्ष निकालेका छन् ।नयाँ पत्रिकाबाट



एक टिप्पणी भेजें