Latest Updates :

मानवीय त्रुटीले तारा एयर विमान दुर्घटनाः आयोग.....हेर्नुहोस्

SHARE THIS POST :
काठमाडौँ, १६ साउन । पोखराबाट जोमसोमको नियमित उडानमा रहेको तारा एयरको ९एन एएचएच टुइनअटर विमान मानवीय त्रुटीका कारण दुर्घटना भएको पाइएको छ । तारा एयरको विमान दुर्घटना भएको सम्बन्धमा जाँच गर्न गठित ‘दुर्घटना जाँच आयोग’ ले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

उक्त विमान गत फागुन १२ गते म्याग्दीको दाना गाविसस्थित सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । दुर्घटनामा परी चालकदलसहित २३ जनाको मृत्यु भएको थियो । त्यसमा दुई विदेशी थिए । घटना भएकै दिन नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षतामा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको थियो । तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको आयोगले त्योभन्दा बढी समय लगाएर अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको छ ।

प्रतिवेदनअनुसार प्रतिकूल मौसममा चालकले उडान गर्दा दुर्घटना भएको र घटना जहाजको प्राविधिक पक्षका कारण नभई मानवीय त्रुटीले भएको देखिएको छ ।
दुर्घटनाग्रस्त विमानका पार्टपुर्जा, भौगोलिक अवस्थिति र डाटा रेकर्डका आधारमा आयोगले विमान दुर्घटनाको मुख्य कारण मानवीय त्रुटी भनेको छ । आयोगका सदस्यसचिव एवम् पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले घटनाको अध्ययन तथा प्राविधिक परीक्षणले मानवीय त्रुटीले विमान दुर्घटना भएको पाइएको बताउनुभयो ।

आन्तरिक उडानका क्रममा दृष्टियोग्य उडान (भिएफआर) अन्तर्गत पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको विमानका चालकदलले बिगँ्रदो मौसमको बाबजुद पनि विमानलाई बादलभित्र प्रवेश गराई पूर्वनिर्धारित उडान मार्गबाट देब्रेतर्फ विचलन भएको अवस्थामा तातोपानी भन्ने बिन्दु पारगरी साँघुरो खाेंच हुँदै विमानलाई अघि बढाएका थिए ।

विमानलाई जोमसोमतर्फ अगाडि बढाउन ल्यान्ड स्लाइड भन्ने बिन्दुमा पुगेको भ्रममा परी जमिनको उपस्थिति जनाउने यन्त्रमा देखिएको चित्र र सचेत गराउने आवाजको संवेदनशीलता नबुझी लेते भन्ने बिन्दुतर्फ उचाइमा चढाउँदै अझ देब्रेतर्फ मोड्दा विमानको मुख्य संरचनाको तल्लो सतह चट्टानी पहाडमा घर्षण हुन गई विमान भिरमा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष दलीले पर्यटनमन्त्री आनन्द प्रसाद पोखरेललाई प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन ग्रहण गर्दै मन्त्री पोखरेलले प्रतिवेदनलाई पूर्णरुपमा कार्यान्वयन गरी आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले विमान दुर्घटना न्यूनीकरणका लागि सुधार गर्न मन्त्रालय लागिपरेको र आगामी दिनमा प्रभावकारी नीतिगत कार्ययोजना ल्याइने बताउनुभयो।पुर्बेली न्युजबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger