रौतहट, १६ साउन / बैंक लुटनका लागि केही दिन यता याेजना बनाउने गिरोह आज सरमुजवा बंकुल बजारबाट ४ जना हतियार सहित पक्राउ परेका छन् । रौतहट क्षेत्र नं ३ गाविस सरमुजवा ८ बंकुल बजार स्थित निर्धन बैंकको शाखा लाई लुटन केही दिन यता याेजना बनाउदै गरेकाे प्रहरीकाे भनाइ रहेकाे छ । गाउघरमा मोटरसाइकल , बिधुतीय खेत पटाउने मोटर , ट्रेकटरको बैटी ,किसानहरुको खसी ब्राखा र नेपाल बाट भारत तिर बाट गाजा ओसारपसार गर्ने समेट गरेकाे खुलासा भएकाे छ ।
बिगत ५ – ७ दिनयता बैंकका छेउछाउमा संकास्पद तरिकाले ओहोर दोहोर गरिरहेकोमा विशेष सुराकीकाे अाधारमा सशस्त्र प्रहरीले सरमुजवा क्याम्प बाट पक्राउ गरेकाे हाे । पक्राउ पर्नेहरूमा रौतहट क्षेत्र नं २ गाविस रामपुरखाप वार्ड नं ९ मा बस्ने ३२ बर्षीय राकेश पटेल , ३३ वर्षीय कमलेश प्र. पटेल, साेही गाविस वार्ड नं ८ मा बस्ने २६ वर्षीय राकेश कु. सिंह र १४ वर्षीय सरबिन्द्र पटेल रहेको जिल्ला सशस्त्र प्रहरी कार्यालय रौतहटका सहायक प्रहरी उपरीक्षक निर्मल खड्काले जानकारी दिनुभएको छ ।पुर्बेली न्युज बाट
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें