Latest Updates :

श्रीमाती श्रीमानमाथि लड्दा ...दुबैको ज्यान गयो....हेर्नुहोस....

SHARE THIS POST :
असार-२१, सिढी उक्लने क्रममा एक महिलाको खुट्टा चिप्लिएर श्रीमानमाथि लड्दा  दुवै जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार १२८ किलो तौल भएकी महिलाको खुट्टा चिप्लिएर श्रीमानमाथि लड्दा  उनका श्रीमान नटवरलालको शरीर र टाउकोमा गम्भीर चोट लागेको र उनको उपचारको क्रममा स्थानिय अस्पतालमा मृत्यु भएको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार ६८ वर्षीया महिला मन्जुला विठ्टुका छोरा आशिषलाई बिहान चार बजे स्वास लिन समस्या भइरहेको थियो, जसका कारण महिला हडबडाएर छिटछिटो सिढी उक्लेर उनको कोठामा जाने प्रयासमा थिइन् ।

यसैबिच मन्जुलाको पछिपछि उनको श्रीमान नटवरलाल पनि आइरहेका थिए । यसैक्रममा मन्जुलाको खुट्टा चिप्लियो र उनी नटवरलालमाथि लडिन् । उनको भारी तौलका कारण नटवरलालको टाउकामा गम्भीर चोट लाग्यो । दुवै जना घाइते भए । उनीहरुलाई स्थानीय अस्पतालमा लगिए पनि चिकित्सकले मृत घोषणा गरे । -एजेन्सी

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger