Latest Updates :

आकाशबाट माछा किन र कसरी बर्सिन्छन् ? यस्तो छ सत्य बैज्ञानिक कारण....हेर्नुहोस....

SHARE THIS POST :
काठमाडौं । यदाकदा हामीले आकाशबाट माछा वर्षिएको समाचार सुनेका छौं ।

हावाको चाप कम भएको स्थानमा बढी चाप भएको क्षेत्रबाट तीब्र गतिले हावा बहन्छ । तीब्र गतिले हावा बढ्दै जाँदा दायाँ बायाँ र अगाडिबाट आईरहेको त्यस्तै शक्तिशाली हावासँग ठोकिएर फर्कन खोज्छ । यसरी बिपरीत दिशाबाट आएका हावाले जोडसँग धकेल्दा उक्त ठाउँमा भुमरी पर्छ । हिंडडुल गर्दा मैदान वा बाटोमा यस्तो भुमरी देख्छौं । भुमरी पर्दा जमिनको धुलो, कपडा तथा कागजका टुक्रा, रुखका पात निकै माथिसम्म पुग्छन् । हावाको बेग जब कम हुन्छ तब ती सबै बिस्तारै जमिनमा खस्छन् । ठ्लठ्ला भुुमरी पर्दा अक्सर आँधी बेहेरी चली धुलो उड्ने, मेघ गर्जने, र सिमसिम पानी पर्ने हुन्छ । त्यसैबेला कहीं कतै आकाशबाट माछा बर्सेको हामीले सुनेको वा देखेका छौं ।
भुमरी समुद्र, ठूला ताल र पोखरीहरुमा पनि पर्छ । अति शक्तिशाली त्यो भुमरीले पानीको माथिल्लो भाग छोएपछि पानीको सतह घुम्छ र घुमाइको शक्ति भित्री पिंधमा ठोकिएर भुमरी जोडले हुतिएर माथिसम्म आउँछ ।

त्यसबेला भुमरीले माछा, भ्यागुता, स–साना कीराहरु लिएर आएको हुन्छ । त्यसलाई हावाले उडाएर आकाशसम्म पु¥याउँछ । अनि भुमरीको शक्ति कम भएपछि माछा लगाएत कीराहरु जमिनमा खस्छन् । –एजेन्सीको सहयोगमा

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger