Latest Updates :

जाँदाजाँदै ओली सरकारले गर्यो भारतीयहरुको नेपाली नागरिकता खारेज....हेर्नुस ....

SHARE THIS POST :
काठमाडौं, ३१ असार । सरकारले चार जना भारतीयको नेपाली नागरिकता खारेज गरेको छ ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि शुक्रबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण दिई नेपाली नागरिकता लिने भारतीय नागरिक मतौवा कुर्मी, नन्दकिशोर कुर्मी, रामानन्द कुर्मी र रामचरित्र कुर्मीको नागरिकता खारेज गरेको हो ।

उनीहरुले बाँके जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिएका थिए । बैठकले उनीहरुलाई नागरिकता दिनेमाथि छानविन गरी कारवाही गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

समर्थन फिर्ता लिएर नेकपा माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव समेत दर्ता गराइसकेका बेला ओली सरकारले भारतीयको नागरिकता खारेज गर्दै विभिन्न निर्णयहरु समेत गरेको छ ।

यसअघि पनि ओली सरकारले धेरै भारतीयको नागरिकता खारेज गरिसकेको छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger