Latest Updates :

व्यवसायीले मरेका कुखुराको मासु बिक्रि गर्दा जोखिम मोल्दै उपभोक्ता......

SHARE THIS POST :
काठमाडौं, १५ साउन - उपत्यकाबासीले बढी रकम खर्च गरेर पनि गुणस्तरहीन मासु उपभोग गरेर जोखिम मोल्दै आएका छन्।

व्यवसायी र मासु पसल सञ्चालकले मरेका कुखुराको मासु उपभोक्तलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ। त्यसैले उपभोक्तले कुखुराको मासु उपभोग गर्नुअघि एकपटक सोच्नैपर्ने बेला आएको छ।

पशु क्वारेन्टाइन कार्यालय काठमाडौंले राजधानी भित्र्याउँदै गरेको अवस्थामा झन्डै एक मेट्रिक टन मरेको कुखुरा नियन्त्रणमा लिएको छ। क्वारेन्टाइन कार्यालयले नियन्त्रणमा नलिएको भए मरेका ती कुखुराको मासु पनि उपभोक्ताको भान्सामा पुग्ने थियो।

व्यवसायीले मरेका कुखुरा अवैध रुपमा राजधानीको सामाखुसी पठाउन लाग्दा क्वारेन्टाइन कार्यालयले शुक्रबार बिहान नागढुंगा नाकाबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger