Latest Updates :

मरिसकेकी छोरीलाई जीवित गराउन एउटी आमाको यस्तो प्रयास !....

SHARE THIS POST :
छोरीलाई कार दुर्घटनामा गुमाउनुको पिडा एउटी आमाको लागि असह्य हुन्छ । यद्यपी डेबी स्टोनरले आफ्नी सानी छोरीलाई जिवित बनाउनको लागि एउटा निकै साहसिक कदम उठाएकी छिन् । छोरीको अंगलाई उनले आफ्नै छोरीजस्तै अरु कसैलाई दिने निर्णय उनले गरिन् । पहिलो पटक डेबीले आफ्नो छोरीको मुटु प्रत्यारोपणपछि पुर्नजन्म लिएकी नेली माईलाई मात्र उनको मुटुको धड्कन सुन्नको लागि भेट्की छिन् ।

‘पहिलो पटक मैले मेरी छोरी जेडको मुटुको धड्कन आफू गर्भवती हुँदा अल्ट्रासाउण्डमार्फत सुनेकी थिएँ,’ उनले भनिन् ।‘मलाई थाहा छ, यो मुटु जेडको होइन किनभने उनी हामीमाझ छैनन् तर यो उनको शरिरको भाग त हो नि,’ उनी भन्छिन् । ‘मैले मेरो जीवनको सबैभन्दा अमूल्य चीज गुमाएकी छु, तर उनी एक प्रकारले बाँचिरहेकी छिन् ।’ नेली–माई इभान्स जन्मजात कार्डियोमियोप्याथीबाट ग्रसित थिइन् । उनलाई यदि गम्भीर हृदयघात भए उनको मृत्यु निश्चित रहेको डाक्टरहरुले बताएका थिए ।

परिवारविहिन नेलीका लागि डाक्टरहरुले स्वयंसेवक धर्मसन्तान पाल्ने अभिभावक जेफ र सारा इभान्सलाई एक्लै नछोड्न आग्रह गरेका थिए ता कि उनले एक्लै मर्न नपरोस् । क्रम्बियाका इभान्स, ५३ र उनकी ४२ वर्षीय श्रीमतीले नेली–माइलाई आमा–बुवा नभएका कारण प्रत्यारोपण सूचीमा राख्न नमिल्ने डाक्टरहरुले भनेको सुनेका थिए त्यसकारण उनीहरुले छिट्टै नै आफ्नो धर्मपुत्रीको रुपमा नेलीलाई स्विकार गरे । सात वर्षीया जेड सवार रहेको बाइकलाई एउटा कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । डोर्सेट क्राइस्टचर्चमा बस्ने उनकी आमा र बुवा जोनले जेडको अंगदान दिने सोच बनाए जसका कारण अरु मानिसहरु जीवित हुन सकून् । डेली मेलबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger