नयाँ संविधान बनेसँगै ती सभासदहरु सांसदमा परिणत भएका छन् । अब श्रीमती सांसदहरु चाहिँ मन्त्रीमा परिणत हुने तरखरमा लागेर पति र प्रैमीहरुलाई बसीसुख न उठी सुखको अवस्थामा पुगाएका छन् । नयाँ गठबन्धन सरकारका पर्दा पछाडिका सारथी हुन शेरबहादुर देउवा । देउवाकी पत्नी आरजु देउवा पनि सांसद छिन् । यसपटक उनले मन्त्री बन्ने रहर गरेकी छिन् ।
देउवा पत्नीको रहर पूरा गरिदिनुपर्नेछ माओवादीका भावी प्रधानमन्त्री प्रचण्डले । आरजुले यसपटक मन्त्री बन्न असाध्यै रहर गरेको बुझिन्छ र देउवालाई पनि सरुवा रोग झैं पत्नीको रहर सरेको कांग्रेसभित्र चर्चा छ । यसको अर्थ हो– तारतम्य मिल्यो भने आरजु देउवा अब मन्त्री बन्नेछिन् ।
त्यसैगरी राजेन्द्र महतोको पत्नी शैलीदेवी महतो पनि मन्त्री बन्ने पक्का पक्की जस्तै छ । सद्भावना पार्टीका नेता कार्यकर्ताहरु भन्दैछन्,– हाम्रो पार्टीलाई मन्त्री पद मिल्यो भने शैलीदेवी मन्त्री बन्छिन्, अरुको पालो त्यसपछि । आफैं सांसद नभएकाले पत्नी शैलीदेवीको नाममा राजेन्द्र महतोले कुनै मन्त्रालय सम्हाल्न लागेका छन् ।अाजकाे साँघु साप्ताहिकमा खबर छ ।



एक टिप्पणी भेजें