Latest Updates :

पुल्चोक कलेजमा कुटपिट....हेर्नुहोस्

SHARE THIS POST :



ललितपुर- ललितपुरको पुल्चोकस्थित पुल्चोक इन्जिनीयरिङ कलेजमा इन्जिनियरिङ स्नातक चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले मादकपदार्थ सेवन गरी कलेजका सुरक्षा कर्मचारी र शिक्षक कुटपीट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

प्रहरीले कलेजको छात्रावासमा बस्दै आएका स्नातक चौथो सेमेस्टरका विद्यार्थी अनिल सापकोटा, डार्विन भण्डारी, आङ पासाङ सेर्पा, विवेक शर्मा र आदर्श बिसीलाई शुक्रबार मापसे गरी कुटपिटको आरोपमा पक्रेको हो। प्रहरीका अनुसार उनीहरुले बाहिरका साथीलाई सुरक्षा कर्मचारी दिलकुमार राई र नवीन घिमिरेले कलेजमा पस्न नदिएको निहुँमा कुटपिट गरी सख्त घाइते बनाएका थिए।

विद्यार्थीको कुटपिटबाट कलेजका सुरक्षा कर्मचारी दिलकुमार राई सिकिस्त छन् भने अर्का कर्मचारी नवीन घिमिरे सामान्य घाइते भएका छन्। कलेज परिसरमा मादकपदार्थ सेवन गर्दै आएका उनीहरूले अश्लील शब्दसहित गाली गर्दै बियरको बोतलले सुरक्षा कर्मचारीको टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रक्राउ परेका पाँचै जनालाई आइतबार सार्वजनिक अपराधमा मुद्दा दायर गरेको जावलाखेल प्रहरी परिसरका एसपी अशोक सिंहले जानकारी दिए।नागरिक  न्युजबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger