Latest Updates :

संसदमा छिर्न नदिने प्रधानमन्त्रीको चेतावनी.....हेर्नुहोस (भिडियो सहित)

SHARE THIS POST :
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बलजफ्ती नगर्न चेतावनी दिएका छन्। संसद मनपरि गर्ने थलो नभएको भन्दै बलजफ्ती गर्न खोजे संसद छिर्नै नदिने प्रधानमन्त्रीले चेतावनी दिए।

बुधबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को छैठौं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ‘आधारभुत नियम कानुनको पालन गरेर चलौं, संविधानलाई आत्मसाथ गरेर चलौं। संविधानमा जेसुकै होस् हामीलाई यही चाहिएको छ यही हुनपर्छ भन्ने हो भने घरैबाट संविधान ल्याएर जे मन लाग्छ त्यही गरे हुन्छ। यहाँ संसदमा आउन दिइदैन।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार बन्न नदिन चलखेल भएको र बनेपछि ढलाउने खेल सुरु भएको भन्दै नौ महिनासम्म आफ्नो सरकार टिकेकोमा अचम्म लागेको बताए। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने ‘कस्तालाई साथी लिएर नौ महिनासम्म हिँडियो त्यो त बताउनै परेन।’

विस्तृतमा हेर्नुस् प्रधानमन्त्रीको सम्बोधनः

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger