Latest Updates :

सपनामा कसैसँग सम्भोग गरेको देख्नु भो ? किन देखिन्छ सपना यौन सम्पर्कगरेको ?....पुरा पठ्नुहोस

SHARE THIS POST :



मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको कुरा देख्छन । यसै गरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययन अनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरूको भेट आफ्ना प्रियजनसँग होस् र यौनक्रीडा गर्न पाइयोस् । त्यसैले सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ। हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ, तर यौनविज्ञहरूले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरूसँगको यौनसम्बन्ध एवं उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न पाँचवटा अवस्थाको व्याख्या गरेका छन्।

१. पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे:यदि सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन्। या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन्। यदि कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ।

२. पूर्वप्रेमीसँग सम्भोग गरेको देखे: यदि आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो। देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ। यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ।
३. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ।

 ४. कुनै महिलासँगै सम्भोग गरेको सपना देखे: यदि कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोवि. कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे: यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ। हिरोको सफलता र खुबीसँग आफ्नोज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ। यस्तो सपना देखियो भने के बुझ्नुपर्छ भने आफ्नो यौन पार्टनर पुरुष मात्र हो भन्ने सोच गलत हो। यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकषिर्त भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ के पनि हुनसक्छ भने ती महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।

५. प्रेमीसँग बिछोड भएको सपना देखे: प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो— आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन। सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञ परमार बताउँछन् । नया खोज खबरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger